नेपालगन्ज १६ चैत : अछामी सेवा समाज बाँकेले नेपालगन्जमा अलपत्र परेका विद्यार्थी तथा निम्न आयस्तर भएका व्यक्तिहरुलाई मंगलबार राहत स्वरुप खाद्य सामग्री बितरण गरेको छ ।
रति व्यक्ति १५ केजी चामल, २ केजी दाल, १ केजी तेल , १ केजि नुन र १ वटा साबुनका दरले विभिन्न २५ जना अलपत्र परेका विद्यार्थी तथा निम्न आयस्तर भएका व्यक्तिहरुलाई राहत बितरण गरिएको कार्यक्रमका संयोजक टंक बहादुर धामीले जानकारी दिए ।
विश्वव्यापीरुपमा महामारीको रुपमा फैलिएको कोभिड–१९ संक्रमणको कारणले यो विषम परिस्थितिमा उत्पन्न भएको समस्यालाई मनन गरी अलपत्र परेका र निम्न आय भएका व्यक्तिलाई राहत वितरण गरिएको र आगामी दिनमा पनि सहयोग जारी रहने धामीले बताए ।