ई-लर्निङकालागि भायनेट नेपालगन्जको अफर


नेपालगन्ज २० बैशाख : ईन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले ई-लर्निङ प्याकेज अफर ल्याएको छ । कोरोना भाईरस (कोभिड-१९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले जारी गरेको लकडाउनका कारण शैक्षिक संस्था बन्द भएकाले अनलाईन माध्यमबाट कक्षा सञ्चालन गर्ने शैक्षिक संस्थाहरु तथा निजी कार्यालयहरुको लागी भायानेट नेपालगन्जले नयाँ प्याकेज ल्याएको हो ।

भायानेट नेपालगन्ज शाखाका प्रमुख भानुभक्त रेग्मीका अनुसार विधार्थीहरुको सिक्न पाउने अधिकारको सुनिश्चितताका साथै घरमै बसेर काम गर्ने कर्मचारीहरुलाई लक्षित गरेर भायानेटले नयाँ अफर सहितको प्याकेज सार्वजनिक गरेको हो ।

जस अन्तर्गत ३०/४०/६० एमबिपिएसको गतिका प्याकेजको वार्षिक ग्राहक बनेमा ईन्टरनेटसेवामा थप २ महिना निःशुल्क सेवा प्रदान गरीने भएको रेग्मीले बताए । ई-लर्निङ अहिलेको अवस्थामा सामाजिक दुरी कायम गर्दै विधार्थीहरुको सिक्ने अधिकारको संरक्षण गर्ने उपयुक्त माध्यम भएकोले उक्त प्याकेज हरुमा छुट दिईएको रेग्मीले बताए ।

यसका साथै सम्पुर्ण जडान शुल्क सहित ३० एमबिपिएसको वार्षिक ग्राहक बन्दा रु. १६३२०, अर्धवार्षिकको लागि रु. १०५५७ र ३ महिनाको लागि रु. ६७१५ शुल्क लाग्ने छ । ४० एमबिपिएसकोलागि वार्षिक रु. १८२५४, अर्धवार्षिककोलागि रु. ११८०० र ३ महिनाको लागि रु. ७३९३ तथा ६० एमबिपिएसको लागि वार्षिक रु. २२६९३, अर्धवार्षिकको लागि रु. १५१९० र ३ महिनाको रु. ८९१९ लाग्ने रेग्मीले बताए ।

प्रकाशित मितिः     २० बैशाख २०७७, शनिबार १७:२२  |