नेपालगन्जमा भोलिदेखि तीन दिनसम्म घरवाहिर जान नपाइने, भ्रम फैलाउनेलाई कारवाही गरिने


नेपालगन्ज : कोरोना भाइरसका कारण नेपालगन्जमा तीन दिन सम्म घरबाट बाहिर निस्कन नपाइने भएकोछ ।

कोरोना भाइरस संक्रमणको दरलाई न्यूनिकरण गर्न, संक्रमितहरुको कन्ट्रयाक टे«सिङ र स्वाब परीक्षणलाई प्रभावकारि बनाउन नेपालगन्जमा तीन दिनसम्म घरबाट बाहिर निस्कन पाइनेछैन ।

सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको संयोजकत्वमा जिल्ला प्रशासन बाँकेमा बसेको सर्वदलिय र सर्वपक्षिय बैठकबाट यस्तो निर्णय गरिएको हो ।

उक्त निर्णय अनुसार नेपालगन्ज उपमहानगरपालिका क्षेत्रलाई निशेषधित क्षेत्र घोषणा गरिएको छ । निषेधित क्षेत्र अन्र्तगत यही बैशाख २३ गते विहान ११ बजेदेखि लागुहुनेगरि वैशाख २५ गते मध्यरातीसम्मका लागि नेपालगन्जलाई निषेधित क्षेत्र घोषणा गरिएकोछ ।

उक्त निर्णय अनुसार सो अवधिभर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कन्ट्रयाक्ट टे«सिङ र स्वाब संकलन कार्यमा खटिने जनशक्ति बाहेक अन्य कोही घरबाहिर निस्कन पाउने छैन ।

प्रकाशित मितिः     २२ बैशाख २०७७, सोमबार १८:१५  |