सुर्खेत २५ बैशाख : विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाईरसलाई रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले गुर्भाकोट नगरपालिकाले गुर्भाकोट-९ बोटेचौरको बधशालामा संचालन गरेको क्वारेन्टाईन निःशुल्क भोजन गराउने कार्यमा स्थानीय अगुवा चेतबहादुर डाँगीले सहयोग गरेका छन ।
त्यहाँ रहेका नागरिक, कोरोना भाईरस नियन्त्रणका लागि खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पैदल यात्री तथा अलपत्र परेका व्यक्तिहरूलाई नेपाल तरूण दल गुर्भाकोटले बोटेचौरमा निशुल्क खाना वितरण कार्यक्रम सन्चालन गरिरहेको छ ।
उक्त कार्यलाई सफल बनाउनका लागि नेपाली काँग्रेस साबिक सहारेका पुर्व सभापति डाँगीले चामल, दाल र तेल सहयोग गरेका हुन ।