इनरुडेक बाँकेद्धारा कोहलपुर र बैजनाथमा स्वास्थ्य सामाग्री सहयोग


नेपालगन्ज २६ बैशाख : इनरुडेक बाँकेद्धारा कोहलपुर र बैजनाथमा स्वास्थ्य सामाग्री सहयोग बाँकेले कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

अध्यक्ष धर्म लाल रोकायले कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका स्वास्थ्य शाखालाई स्वास्थ्य सामाग्री स्यानीटाइजर हस्तान्तण गरे ।

इनरुडेक बाँकेले स्वास्थ्य सामाग्री बाँकेका प्रत्येक स्थानीय तहमा वितरण गरेको अध्यक्ष रोकायाले जानकारी गराए । रोकायाले विश्वमा फैलिएको कोरना भाइरस कोभिट १९ बाट बच्न र बचाउन संस्थाका तर्फ बाट सानो सहयोग स्वरुप स्वास्थ्य सामाग्री वितरण गरिएको बताए ।

हस्तान्तरण कार्यक्रममा कोहलपुरका मेयर लुटबहादुर रावत र बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले सहयोग गर्ने संस्था इनरुडेक बाँके धन्यवाद व्यक्त गर्दै यो संकटका बेला विभिन्न संघ संस्थाहरुले स्थानीय तहलाई गरेको सहयोगको उच्च कदर योग्य भएको बताए ।

प्रकाशित मितिः     २६ बैशाख २०७७, शुक्रबार १३:३२  |