लकडाउनमा सुर्तिजन्य पदार्थको अवैध व्यापार


नेपालगन्ज २७ बैशाख : लकडाउनका समयमा सुर्तिजन्य पदार्थ अत्यावश्यक सामाग्री भित्र नपरेको र लकडाउन उलंघन गरि कारोवार गरेका कारण सुर्तिजन्य पदार्थ पक्राउ गरिएको खड्काले जानकारी दिएका छन्।

नेपालमै बनेको भएता बिगतका समयमा मेघश्रीले बारम्बार राजश्व छली गर्ने गरेको पाइएको हुँदा यसपटक पनि राजश्व छलि गरिएको छ वा छैन थप अनुसन्धान गरि कारवाहि प्रकृया अगाडी बढाईने प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

वरामद भएको ट्रक सहितको गुटका अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बाँसगढीमा राखिएको छ । लकडाउन भएसंगै सुर्तिजन्य पदार्थहरुको अभाव हुदा यसका उपभोक्ताहरुले बढी मूल्य तिरेर सेवन गरिरहेको पाईएको छ ।

प्रकाशित मितिः     २७ बैशाख २०७७, शनिबार १५:००  |