नरैनापुरका ८ जना संक्रमितहरुलाई बेलझुण्डी लगियो


बाँके नरैनापुरका ८ जना कोरोना संक्रमितहरुलाई दाङ्गको बेलझुण्डीस्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा लगियोको नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले जानकारी दिनुभएकोछ ।

आज विहान मात्र नरैनापुरको वडा नम्बर १, ३ र ५ का ८ जना पुरुषलाई कोरोना संक्रमणको पुष्टि भएको थियो ।

उनीहरु मध्ये २ जना बैशाख २१ गते भारतबाट नरैनापुर आएर क्वारेन्टाइनमा बसेका थिए भने ६ जना बैशाख ३१ गते आएर क्वारेन्टाइनमा बसेका हुन् । नेरा प्रावि खोदवाँ क्वारेन्टाइनका २ जना र दिपेन्द्र प्रावि भगवानपुर क्वारेन्टाइनका ६ जनामा कोरोना देखिएको गाउँपालिकाका अध्यक्ष शाहले बताउनुभयो ।

प्रकाशित मितिः     5:15:05 PM  |