नेता खत्रीद्वारा जानकीलाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग प्रदान


 नेपालगन्ज :नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँकेका संगठन विभाग प्रमुख समेत रहेका नेकपाका नेता रत्न खत्रीले बाँकेका स्थानिय तहलाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेका छन् ।

नेता खत्रीले सोही क्रममा आइतबार बाँकेको जानकी गाउँपालिकामा कोरोना भाइरस (कोभिड १९) को महामारीबट्क बच्नको लागि आवश्यक पर्ने सुरक्षा सामाग्री सहयोग हस्तान्तरण गरेका छन् ।

आइतबार पालिकाको कार्यालयमै पुगेर नेता खत्रीले जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादव, प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर खत्री, स्वास्थ्य शाखाका प्रमुख दल बहादुर रानालाई उक्त सहयोग सामाग्री हस्तान्तरण गरेका हुन् । उक्त हस्तान्तरण कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य समेत रहेका युवा नेता किशोर थापाको समेत उपस्थिति रहेको थियो ।

नेकपाका नेता खत्रीले कोरोना महामारी लगत्तै बाँकेका सबै स्थानिय तहमा पुगेर कोभिड १९ बाट लड्न प्रेरणा प्रदान गर्दै आवश्यक सामाग्री सहयोग गर्दै आएका थिए । हाल नेता खत्रीले आवश्यक स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेका छन् ।

नेता खत्रीले कोरोना भाइरस (कोभिड १९) को महामारीको समयमा गाउँपालिकालाई आवश्यक पर्ने सर्जिकल माक्स र सेनिटाइजर सहयोग गरेका हुन् । उनले पालिकालाई २०० थान सर्जिकल माक्स र ४० बोटल ह्यान्ड सेनिटाइजर हस्तान्तरण गरेका छन् ।

खत्रीले बाकेका जानकी संगै, बैजनाथ, खजुरा लगायतका पालिकालाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरिसकेका छन् ।

प्रकाशित मितिः     ११ जेष्ठ २०७७, आईतवार १८:२४  |