खजुरामा नेकपा बाँकेका युवा नेता खत्रीले सर्जिकल सामग्री सहयोग


खजुरा,नेकपा बाँकेका युवा नेता रत्न खत्रीले शुक्रवार खजुरा गाउँपालिका वडा नम्बर १ राधापुरमा रहेका दुईवटा क्वारेन्टाईनमा सर्जिकल सामग्री सहयोग गर्नुभएको छ ।

नेता खत्रीले राधापुरको तिर्खा आधारभुत विद्यालय र मैटहवा माविमा मास्क र सेनिटाईजर सहयोग गर्नुभएको हो । वडा सदस्य तथा कार्यपालिका सदस्य फत्तेकुमारी जैशीलाई शुक्रबार विद्यालयमै पुगेर नेता खत्रीले सामग्री हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा अनेरास्ववियु बाँकेका पुर्ब अध्यक्ष तथा नेकपा बाँकेका जिल्ला कमिटी सदस्य सतिश निरौला, नेकपा प्रदेश विभागका सदस्य किरण ढकाल र प्रेस संगठनका केन्द्रीय सदस्य गोविन्द शर्माको सहभागिता रहेको थियो ।

नेता खत्रीले खजुरामा रहेका सबै क्वारेन्टाईनमा सर्जिकल सामग्री सहयोग गर्ने बताउनुभएको छ । यसैबीच खत्रीले क्वारेन्टाईन रहेका विद्यालयमा न्यूनतम सुधारका लागि गैरसरकारी संस्थासँग समन्वय गरिरहेको बताउनुभयो ।

खत्री सहितको टोलीले क्वारेन्टाईनमा पुगेर त्यहाँ बसिरहेका नागरिकसँगै उनीहरुलाई खाना लिएर आउने घरपरिवारका सदस्य तथा ब्यवस्थापनमा खटिएकाहरुसँग पनि छलफल गरि पिरमर्का सम्बोधनको प्रयास गर्दै आउनुभएको छ ।

प्रकाशित मितिः     १६ जेष्ठ २०७७, शुक्रबार १९:१५  |