बर्दिया १८ जेठ : नेपाल रेडक्रस साेसाईटीले क्वारेन्टाइनमा वसेका महिलाहरूलाई सरसफाइ र महिनावारी स्वच्छता सम्बन्धि सामग्री डिग्निटि किट उपलब्ध गराएको छ ।
बिश्वब्यापी महामारीको रूपमा फैलिएको काेराेना भाईरसकाे राेकथाम र नियन्त्रणका लागि बनाईएका क्वारेन्टाइनमा वस्नु भएका महिलाहरूलाई क्वारेन्टाइनमा वस्दा थप समस्या र जटिलता नहाेस भन्ने उद्देश्यले ठाकुरबाबा नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा वसिरहनु भएका १० जना महिलाहरूलाई ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखा मार्फत सामग्री उपलब्ध गराईएकाे नेपाल रेडक्रस साेसाईटी ठाकुरबाबा उपशाखा सभापति यज्ञप्रसाद नेपालले जानकारी गराउनु भएको छ ।
नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा वर्दियाकाे समन्वयमा प्राप्त सरसफाइ सामग्री ग्रहण गर्दै ठाकुरबाबा नगरपालिका स्वास्थ्यशाखा प्रमुख ईन्द्रवहादुर राजवंशीले यश विपतकाे घडिमा रेडक्रसकाे तर्फबाट प्राप्त सहयोग प्रति धन्यवाद ज्ञापन गर्दै क्वारेन्टाइनमा वस्नु भएका दिदीबहिनीहरूका लागि थप सामग्री उपलब्ध गराईदिन अाग्रह गर्नु भएको छ ।