अगैया गाडी दुर्घटना अपटेड : घाइतेहरुको नामावली


नेपालगन्ज १९ जेठ :  भारतबाट फर्किने नेपालीलाई लिएर सल्यानतर्फ हिंडेको यात्रुबाहक फोर्स गााडी विग्रेर उभिएको ट्रकमा ठोक्किदा भएको दुर्घटनामा परि मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर २, मा आइतबार राती सो फोर्स गाडी दुर्घटना हुँदा घट्नास्थलमै ११ जनाको निधन भएको थियो ।
सो दुर्घटनामा परि घाइते भएका २२ जना मध्ये गम्भीर रहेका १ जनाको भेरी अस्पतालमा सोमवार विहान मृत्यु भएपछि मृतक संख्या १२ पुगेको अस्पतालले जनाएको छ ।

नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको बा ५ ख ५९९५ नम्बरको फोर्स गाडी राप्तिसोनारी गाउँपालिकाको वडा नम्बर २, मा पर्ने कचनापुर र शमसेरगन्जको बिचमा पर्ने ठोरी जङ्गलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किदा दुर्घटना भएको हो ।

गए राती सवा १२.०० बजेतिर भएको दुर्घटनामा परी ११ जनाको घट्नास्थलमै र एक जनाको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेपालगञ्जको जमुनाहबाट दाङ, सल्यान र रुकुम समेतका नागरिक र चालक र सहचालक गरि उक्त बसमा ३३ जना सवार रहेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेहरुमा दाङका ४५ बर्षिया मेघराज केसी, दाङ तुल्सीपुरका ३९ बर्षिय विष्णु गिरी, २३ बर्षिय रुपलाल केसी, दाङको राजपुर गाउँपालिका ६ का २० बर्षिय दिपेश चौधरी, सोही गाउँपालिका वडा नं. २ का २१ बर्षिय जीवन घर्ती, दाङ जिल्लाका २० बर्षिया भरत थापा रहेका छन् ।
दुर्घटनामा रोल्पाको त्रिबेणी गाउँपालिकाका ७ का १७ बर्षिय सुनिल परियार, सोही ठाउँका २० बर्षिय बिरेन्द्र परियार, १८ बर्षिय पुरन परियार, रोल्पाका ५२ बर्षिय नर ब. बिक, रोल्पाका ४० बर्षिया दिल ब. बिक रहेका छन् ।
यस्तै सल्यान जिल्लाका शारदा नगरपालिका ६ का टीका चलाउने, बनगाड कुपिण्डे नगरपालिकाका २० बर्षिय मिनराज बिक, सिद्धकुमाख गाउँपालिका ५ का तेज बहादुर बुढाथोकी, सल्यानका १८ बर्षिय धन बहादुर बोहरा, सिद्धकुमाख ४ का २८ बर्षिय लोकेश घर्ती, सल्यानकै ५२ बर्षिय दीपबहादुर बुढा, सल्यान जिल्लाका शिव भण्डारी, सिद्धकुमाख गाउँपालिका ५ का २६ बर्षिय निमबहादुर बादी, १८ बर्षिय देबेन्द्र बुढाथोकी र १७ बर्षिय ज्ञान बहादुर. बोहरा रहेको रहेको बाँके प्रहरीले जनाएको छ ।
घाइते हुनेमा सबैभन्दा बढि सल्यानका रहेका छन् । मृतकहरुको भने सनाखत हुन बाँकी छ ।

प्रकाशित मितिः     १९ जेष्ठ २०७७, सोमबार १०:१४  |