विशेष पुर्नकर्जाको व्याजदर ३ प्रतिशत तोकियो


नेपाल राष्ट्र बैंकले विशेष पुनरकर्जाको व्याजदर ३ प्रतिशत तोकेको छ । राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि मस्यौदामा सो कुरा उल्लेख गरेको छ । 

पुनरकर्जाका किसिमहरु :

लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा : उद्यमी स्वयं संलग्न भई सञ्चालन गरिएका उद्यम, व्यापार तथा व्यवसायमा प्रवाह भएको रु.१५ लाखसम्मको कर्जा सुविधाको लागि प्रदान गरिने पुनरकर्जालाई लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा मानिनेछ ।

विशेष पुनरकर्जा : बैंकले समय समयमा कुनैक्षेत्र विशष्ोलाई विशेष प्राथमिकता दिने गरी प्रदान गरिने पुनरकर्जालाई विशेष पुनरकर्जा भनिनेछ । यस अन्तर्गत हाल कायम रहेको निर्यात, महिला उद्यमी, फरक ढङ्गले सक्षम व्यक्तिले सञ्चालन गरेका उद्यम/व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएको पुनरकर्जाहरूलाई मानिनेछ ।

साधारण पुनरकर्जा : बुँदा नं. १ र २ को वर्गीकरणमा नपरेका र बैंकले समय समयमा तोकेको सबै पुनरकर्जाहरूलाई साधारण पुनरकर्जा मानिनेछ ।

पुनरकर्जा कोषको सीमा : (१) पुनरकर्जा कोषको सीमा सञ्चालक समितिले समय समयमा निर्धारण गरे बमोजिम हुनेछ । यस्तोकोषलाई पुनरकर्जाकोजोखिम व्यहोर्ने कोषकोरुपमा उपयोग गरिनेछ । (घ) कोषमा रहेको रकमको अधिकतम पाँच गुणासम्म पुनरकर्जा प्रदान गर्न सक्ने गरी सीमा तोकिएको छ । (२) पुनरकर्जा प्रदान गर्न सकिनेउपरोक्त सीमाभित्र रही बैंकले सो सीमाको ७० प्रतिशतसम्म एकमुष्टरुपमा क, ख, ग वर्गका इजाजतपत्रप्राप्त संस्थालाई, २० प्रतिशतसम्म ग्राहक अनुसार मूल्याङ्कन गरी क, ख, ग वर्गका इजाजतपत्रप्राप्त संस्था ।

पुनरकर्जाको अवधिः यस कार्यविधि बमोजिम प्रदान गरिने पुनरकर्जाको अवधि नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार बढीमा एक वर्षको हुनेछ

पुनरकर्जा सुविधाको सीमाः
बैंकबाट आह्वान गरी इजाजतपत्रप्राप्त संस्थालाई एकमुष्ट प्रदान हुने प्रति ग्राहक पुनरकर्जाको अधिकतम सीमा रु.१० करोड हुने छ । यस्तो पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्ने रकमको ७० प्रतिशतभन्दा बढी हुने छैन । (२) बैंकले ग्राहक अनुसार मूल्याङ्कन गरी उपलव्ध गराउने साधारण पुनरकर्जाको प्रति ग्राहक अधिकतम सीमा रु.२० करोडसम्म हुने छ ।  यस्तोपुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिनेरकमको २० प्रतिशतभन्दा बढी हुनेछैन ।  (३) बैंकबाट आह्वान गरी इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको १० प्रतिशतभन्दा बढी हुने छैन ।

प्रकाशित मितिः     २१ जेष्ठ २०७७, बुधबार ०७:४८  |