सांसद नन्दलाल रोकायको पहलमा खेलकुद ग्राम


बाँकेको खजुरा गाउँपालिका वडा नं- २ शुक्र भलिबल स्टेडियमसंगै खेलकुद ग्राम निर्माणको काम शुरु भएको छ ।

बाँके क्षेत्र नं. ३ का सांसद नन्दलाल रोकायको पहलमा शुरु हुन लागेको उक्त खेलकुद ग्राममा फुटबल, भलिबल, पौडी पोखरी, बहुउद्देश्यीय कभर्डहल, जिम हल, पार्किङ, खेलाडी आवाशिय भवन निर्माण गरिने खजुरा गाउँपालिका राजनीतिक सल्लाहकार तथा खेलकुद विकास समिति प्रदेश ५ का निवर्तमान अध्यक्ष भीम ओलीले जानकारी दिए ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको आव २०७६र०७७ को एक गाउँपालिका एक खेलकुद ग्राम निर्माण गर्ने नीति तथा कार्यक्रम अन्तर्गत मन्त्रालयले देशभरिका पालिकाको लागि खेलकुद ग्राम छनौट गर्दा बाँके जिल्लामा एक मात्र खेलकुद ग्राम निर्माणको लागि खजुरा गाउँपालिका वडा न- २ सितापुर शुक्र भलिबल स्टेडियम भएको ठाँउ छनौट भएको ओलीले बताए ।

उनले भने -यो कार्य प्रारम्भ भएको हुँदा यसको लागि खेलकुद मन्त्रालयमा अथकरुपमा प्रयास गर्ने खेलप्रेमी बाँके क्षेत्र न- ३ सँघिय साँसद माननीय नन्दलाल रोकायलाई हृदयदेखि हार्दिक बधाई दिन चाहन्छु ।

सांसद रोकाय आठौं बाँकेमा सम्पन्न राष्ट्रिय खेलकुद २०७५र०७६ नेपालगन्जमा मुलआयोजक समिति सदस्य भएर कार्य गर्नु भएको थियो। खेलकुद ग्राम निर्माणको लागि ५७ करोड ८७ लाख कूल लागतमा भएकोमा चालू आर्थिक वर्षमा ५० लाख रकम बिनियोजन गरेको छ। खेलकुद ग्रामको निर्माण कार्य डिपिआर अनुसार शुरु भैरहेको छ ।

प्रकाशित मितिः     २१ जेष्ठ २०७७, बुधबार १४:५१  |