किसानलाई कुखुरा बाड्दै प्रदेश सरकार


जिल्लामा सञ्चालीत मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत विपन्न वर्गका किशानहरुलाई निःशुल्क कुखुरा वितरण गरिएको छ ।

गरिवि न्युनिकरण गर्ने उद्देश्यले विपन्नहरुको आयस्तर उकास्नकालागी उन्नत जातका कुखुरा वितरण गरीएको हो ।

दंगीशरण गाउँपालिकामा सञ्चालीत कार्यक्रम अनुसार पालिकाको पशुसेवा शाखाले किसानलाई उन्नत जातका कुखुरा वितरण गरेको छ । आर्थिक बर्ष २०७६÷०७७ को मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्र्तगत गाउँपालिकाका विपन्न किसानहरुलाई कुखुरापालन सहयोग पु¥याउने उद्देश्यले कुखरा वितरण गरेको हो ।

पालिकाका सात वटै वडाका किसानहरुलाई न्यु हेम्पसायर ब्ल्याक अस्ट्रालप जातका कुखुरा वितरण गरेको पशु शाखा प्रमुख दामोदर आचार्यले जानकारी दिएका छन् ।

वडामा रहेका दुई दुई वटा समुहलाई सात वटै वडाका १४ वटा समुहका किसानहरुलाई वितरण गरिएको हो । एक समुहका दश र अर्को समुहका दश गरि २० जना कृषकहरुलाई १० वटाका दरले कुखुरा उपलब्ध गराएको हो । कुखुरासंगै कुखुराका लागि रियोलाईट २ सय ग्राम, भिटामिक्स ३० एमएल, एम्प्रोभिट के ३० ग्राम, डक्सी एन बोलस ५६० एम जी, पिप्रालिभ ३० एमएल र कुखुराको दाना प्रतिव्यक्ति ५ किलो दिएको उनले बताए ।

लकडाउनको समयमा किसानहरु कुखुरा खरीद गर्न नसकेपछि पशु कार्यालयले किसानहरुको मागलाई मध्यनजर गर्दै कुखुरा वितरण गरेको हो । कुखुरा वितरणका अवसरमा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले आयआर्जन नभएका कृषकहरुले माग गरेपछि पालिकाले यो कार्यक्रमलाइ अगाडि बढाएको बताएका छन् ।

त्यस्तै गरिव विपन्न, जनजाति, दलित पिछडिएका वर्गका लागि राप्ती गाँउपालिकाको पशुसेवा शाखाले आयस्तर बृद्धिमा सहयोग पुराउने उदेश्यका साथ उन्नत तथा लोकल कुखुरा वितरण गरेको जनाएको छ ।

वडा नं १ देखी ८ सम्मका ६ सय ४० परिवारलाई अष्टोलोप र न्युहेम्सार जातका कुखुरा वितरण गरिएको राप्ती गाउँपालिका पशुसेवा शाखाका पशु सेवा प्राविधिक शेर बहादुर हमालले जानकारी दिनु भएको छ । प्रति किसान ५ वटाका दरले वितरण गरिएको उनले बताए । मासु र अण्डाको लागि राम्रो मानिने अष्टोलोप र न्युहेम्सार जातका कुखुराको पालनले गरिव विपन्न, जनजाति, दलित पिछडिएका वर्गको राम्रो आम्दानीको श्रोत बन्न सक्ने उदेश्यका साथ कुखुरा वितरण गरिएको हो ।

यसैगरि राप्ती गाउँपालिका अन्तरगत मुख्यमन्त्रि ग्रामीण विकास कार्यक्रम अन्तरगत वडा नं ५ को भुल्के गाउँका ३२ घरपरिवारलाई समेत उन्नत जातको कुखुरा वितरण गरिएको छ । भुल्के गाउँलाई लोकल कुखुराको हवको रुपमा विकास गर्ने उदेश्य तथा गरिवि न्युनिकरणमा सहयोग पुराउन प्रतिघर १३ वटाको हिसावले कुखुरा वितरण गरिएको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका सहजकर्ता टिका बस्नेतले जानकारी दिएका छन् । ३२ घर लाई १३ वटाको दरले स्थानिय लोकल कुखुरा, रोग विरुद्ध औषधि, दाना खुवाउने भाँडा समेत वितरण गरिएको हो ।

  • सन्तोष अधिकारी : दाङ / बुटवल टुडेबाट
प्रकाशित मितिः     २७ जेष्ठ २०७७, मंगलवार ०८:३२  |