नेकपाले जानकी गाउँपालिकालाई दियो स्वास्थ्य सामाग्री


नेपालगन्ज २७ जेठ :  बाँकेको जानकी गाउँपालिकालाई मंगलबार स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । जानकी गाउँपालिकामा २ वटा आसोलेसन र अन्य सबै ६ वडामा भारतबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राखिएको छ ।

गाउँपालिकामा पहिलो पटक ११३ जनालाई कोरोना परिक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि भएको थियो । अझै गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा बसेका करिब १५० को हाराहारीमा नागरिकको कोरोना संक्रमण परिक्षण भएको छैन भने पोजेटिभ रिपोर्ट आएकासँगै क्वारेन्टाइनमा बसेकाको पनि पुनः स्वाब संकलन भएको छैन ।

क्वारेन्टाइन र आइसोलेसनमा बसेका नागरिकलाई विभिन्न सहयोगले दिएको स्वास्थ्य सामाग्री नेकपा जानकी गाउँपालिका इन्चार्ज डिल्ली विसीले सामाग्री मंगलबार हस्तान्तरण गर्नु भएको छ ।
सहयोग गरेको सामाग्रीमा सेनिटाजर, सर्जिकल मास्क र एन ९५ मास्क प्रदान गरिएको हो । लायन्स क्लब डिस्ट्रीक ३२५ वि २ क्षेत्र नम्बर ६ बाट प्राप्त एन९९५ मास्क ४१ थान र ५ लिटर सेनिटाइजर त्यसैगरी बाँके युनेस्को क्लबबाट प्राप्त १०० थानको २ पोका सर्जिकल मास्क र ५०० एमएलको २ बोतल सेनिटाइजर नेकपाका जानकी गाउँपालिका ईन्चार्ज बिसी मार्फत गाउँपालिकालाई प्रदान गरिएको हो ।

स्वास्थ्य सामाग्री बुझ्दै जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले प्राप्त सामाग्री पालिकाभित्र रहेका क्वारेन्टाइन र आइसोलेसन सेन्टरमा बसेका व्यक्तिहरुलाई वितरण गरिने जानकारी दिनु भयो । उनले सामाग्री प्रदान गरेकोमा सहयोगीहरुलाई धन्यवाद दिनु भयो । सामाग्री प्रदानका लागि पत्रकार रुद्र सुवेदीले सहयोग गर्नु भएको थियो ।

प्रकाशित मितिः     २७ जेष्ठ २०७७, मंगलवार १२:०७  |