पञ्चकन्या स्टिलले सार्वजनिक गर्यो नयाँ फलामे छड


काठमाडौँ :  पञ्चकन्या स्टिलले उत्कृष्ट लचकता भएको अर्को उत्पादन ५५० एक्स् डी. र ५०० एक्स्.डी. नयाँ फलामे छड सार्वजनिक गरेको छ।

पञ्चकन्या प्राईम स्टिलमा शुद्ध रासायनिक तत्व सल्फर, फोस्फरस तथा न्यून कार्बनको प्रयोग भएको छ। जसले गर्दा यसमा उच्च लचकता, लम्बाईको आकारमा पनि एकरुपता र आकर्षक रिवारले रहेको कम्पनीले बताएको छ।

‘जसरी ५०० डीमा ग्राहकलाई पूर्ण विश्वास दिलाएका थियौं। त्यसैगरी यसको शक्तिमा पनि एकरुपता तथा बारहरुलाई धेरै भन्दा धेरै तन्काउन सकिने क्षमता छ । ठूलो भुकम्पमा पनि क्षति नपुग्ने गरी लामो आयु भएको दाबी गर्दछौं, कम्पनीले भनेको छ।’

नयाँ रिब्ड डिजाइन भएको ५०० एक्स्.डी. र ५५० एक्स्.डी. प्रति युनिटको लम्बाईमा त्यसको पारदर्शीता स्पष्ट देखिने भएकाले यो अझ बढी बनाएको कम्पनीको दाबी छ।

यसले कन्क्रिटमा पनि सजिलै पकड गर्ने क्षमता राख्दछ। पञ्चकन्या ५०० एक्स्.डी. जुनसुकै विकासका पूर्वाधारका कामहरु र ५५० एक्स्.डी. का छडहरु ठूलाठूला आयोजना हुने बताइएको छ।उच्च लचकता भएका रिबारहरु ८ मी.मी. र ४० मी.मी. साईजमा उपलब्ध गराउन सकिनेछ ।

एक्स्।डी। ग्रेडका उच्च गुणस्तर भएका बारहरुमा कुनै पनि मूल्य वृद्धि नगरेको कम्पनीको भनाइ छ । ५०० डी ग्रेड पुरानै मुल्यअनुसार नै उपलब्ध गराइने जानकारी गराइएको छ ।

प्रकाशित मितिः     १० असार २०७७, बुधबार ०९:२८  |