नुनको खुद्रा मुल्य समायोजन गर्न माग


नेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघले नुनको खुद्रा मुल्य समायोजन गर्न माग गरेको छ । साल्ट ट्रेडिङ नेपालगन्ज कार्यालयमा ज्ञापनपत्र बुझाई संघले यस्तो माग गरेको हो ।

ढुवानी खर्च बढेका कारण नुनको खुद्रा मुल्य बढाउनुपर्ने माग राखेको अध्यक्ष फणाधर भण्डारीले बताए । ज्ञापनपत्र बुझाउने कार्यक्रममा अध्यक्ष भण्डारी सहित बरिष्ठ उपाध्यक्षमा श्यामसुन्दर अधिकारी, उपाध्यक्षमा प्रमोद अग्रवाल, आशिष कुमार अग्रवाल र प्रवक्तामा अब्दुल जलिल मन्सुरी मुन्ना लगायतको सहभागिता थियो ।

प्रकाशित मितिः     9:06:47 PM  |