संघमा बिभिन्न समिति गठन, क्यान्सर पीडितलाई ५१ हजार आर्थिक सहयोग


नेपालगन्ज १६ असार :  नेपालगन्ज उद्योग वाणिज्य संघको मंगवार बसेको बैठकले बिभिन्न निर्णय गरेको छ । अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा बसेको बैठकले संघको समिति गठन सम्बन्धमा संघको विधानको परिच्छेद ५ को धारा (२७) को उपदफा (च र छ) बमोजिम समितिहरु गठन गरि  संयोजकहरु रहने तथा संयोजक सहित ९(नौँ) जना सदस्य रहने गरि विभिन्न समितिहरु गठन गर्ने सर्वसम्मतिले निर्णय गरेको छ ।

१ राजश्व तथा प्रहरी प्रशासन व्यवस्थापन उपसमिति – अब्दुल वाहिद मन्सुरी
२ उद्योग व्यवस्थापन उपसमिति- आदेश कुमार अग्रवाल
३ वाणिज्य व्यवसाय व्यवस्थापन उपसमिति -अमित कुमार बस्नेत
४ सचिवालय व्यवस्थापन उपसमिति – चिरञ्जीवी ओली
५ कृषि, पर्यटन व्यवस्थापन प्रवद्र्धन उपसमिति – धर्मराज अर्याल
६ आर्थिक व्यवस्थापन उपसमिति -हरिलाल न्यौपाने
७ प्रचार प्रसार तथा प्रकाशन उपसमिति – टंक बहादुर धामी
८ महिला उद्यमी विकास व्यवस्थापन उपसमिति – मन्दिरा पाण्डे
९ दैबी प्रकोप तथा कल्याणकारी व्यवस्थापन उपसमिति- श्याम सुन्दर अधिकारी
१० कृषि, हाट बजार व्यवस्थापन उप–समिति – विजय भण्डारी“बासु”
११ वन तथा जडिबुटी व्यवस्थापन उप–समिति -टंक प्रसाद शर्मा
१२ स्वास्थ्य खेलुकद तथा वातावरण संरक्षण उप–समिति – विष्णु प्रसाद श्रेष्ठ
१३ अनुगमन व्यवस्थापन उप–समिति – भीम बहादुर रानाभाट
१४ सिमा बजार व्यवस्थापन उप–समिति- टेक बहादुर खड्का
१५ स्वागत सत्कार व्यवस्थापन उपसमिति – बिन्दु चर्ति मगर
१६ निर्यात प्रवद्र्धन व्यवस्थापन उपसमिति- संजय कुमार अग्रवाल
१७ शिक्षा तथा सुचना प्रविधि व्यवस्थापन उपसमिति – दिपेन्द्र विष्ट
१८ हेल्प डेस्क व्यवस्थापन उपसमिति -सलाउद्दीन जसगढ
१९ वस्तुगत व्यवसाय समन्वय व्यवस्थापन उपसमिति- भीमलाल कडेल
२० रोजगारदाता परिषद, युवा स्वरोजगार तथा साना व्यवसाय व्यवस्थापन उपसमिति – बसन्त लामिछाने
२१ योजना तर्जुमा तथा कार्यक्रम व्यवस्थापन उपसमिति – पार्वती आचार्य
२२ हस्तकला तथा घेरलु उद्योग, लगानी प्रवद्र्धन व्यवस्थापन उपसमिति – उषा कुमारी थापा क्षेत्री
२३ व्यवसायिक मेलमिलाप समन्वय उपसमिति -नीरज गौतम
२४ सदस्यता अभिवृद्धि, बजार व्यवस्थापन उपसमिति – सुनिल कुमार बनिया

प्रवक्ता टंकबहादुर धामीका अनुसार, संघका साधारण सदस्य प्रेमलाल श्रेष्ठको श्रीमति शोभा श्रेष्ठ विगत सात (७) महिना देखि प्राण घातक रोग क्यान्सर सँग जुधी रहेकोले कार्यसमितिका पदाधिकारी तथा सदस्यद्धारा व्यक्तिगत रुपमा ५१ हजार आर्थिक सहयोग गरेका छन् ।

प्रकाशित मितिः     7:51:15 PM  |