बाँके निकुञ्जले यसरी मनायो दशौ स्थापना दिवश


बाँके राष्ट्रिय निकुञ्जको १० औं वार्षिक उत्सव सम्पन्न गरेको छ । नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ सालमा बाँके, दाङ र सल्यान जिल्लाको ५सय ५० वर्ग किमि क्षेत्र समेटी नेपालको दशौं राष्ट्रिय निकुञ्जको रूपमा बाँके राष्ट्रिय निकुञ्जको स्थापना भएको छ ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले बाँके राष्ट्रिय निकुञ्जलाई बाघ संरक्षणका लागि स्थापना गरिएको भन्दै बाघको वृद्विदर तिव्र गतिमा रहेको बताएका छन् । उनले भने बाघ बृद्धिसंगै चोरी निकासी पनि बढ्दै गएको हुदा आगामी दिनमा जनावरहरुको संरक्षणका निकुञ्ज लाग्ने जनाए ।

कार्यक्रममा बोल्दै मध्यवर्ति व्यवस्थापन समितिका अध्यक्ष गहेन्द्र कुमार खड्काले वन्यजुन्तको संरक्षणका लागि मानिसहरु नै सकरात्मक हुनुपर्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेले नेपालमा सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने लक्ष्यका साथ बाँके राष्ट्रिय निकुञ्ज लागि परेको बताएका छन् । कार्यक्रममा १२ जनालाई सम्मान, वन्यजन्तु पीडित विद्यार्थीहरुलाई छात्रवृद्वि लगायत वन्यजन्तुबाट पीडित भएकालाई राहत वितरण गरिएको थियो । निकुञ्जको बार्षिक उत्सबका अबसरमा मध्यवर्ती क्षेत्र परिसरमा बृक्षारोपण समेत गरिएको थियो ।

प्रकाशित मितिः     २९ असार २०७७, सोमबार १४:२२  |