नेपाल टेलिभिजनको कोहलपुर प्रसारण केन्द्रलाई प्रादेशिक च्यानलका रुपमा रुपान्तरण


नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोका सचिनले नेपाल टेलिभिजनको कोहलपुर प्रसारण केन्द्रलाई प्रादेशिक च्यानलका रुपमा रुपान्तरण गरिएको बताए ।
बुधबार कोहलपुर प्रसारण केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महाप्रबन्धक रोकाले नेपाल टेलिभिजन व्यवस्थापनले एनटिभि कोहलपुर च्यानललाई पुर्ण क्षमतामा सन्चालन गर्ने तयारी अनुरुप काम थालेको बताए । उनले भने यस क्षेत्रको ठुलो सम्भावना बोकेको यस प्रसारण केन्द्रलाई सार्वजनिक सन्चार माध्यमका रुपमा लैजाने तयारी गरिरहेको उनले उल्लेख गरे ।
नेपाल टेलिभिजन कोहलपुर प्रसारण केन्द्र प्रमुख निराजन खनालले साउन १ गते अर्थात भोलि बाट समाचार प्रसारण सुरु गर्ने जानकारी दिए । १ गतेदेखि नेपाल टेलिभिजन कोहलपुर प्रसारण केन्द्रबाट दिउँसो ३ र ५ तथा साँझ ७ बजे गरि दिनमा ३ पटक समाचार बुलेटिन सुरु गरिने केन्द्र प्रमुख खनालले बताए ।
यसैगरि यहाँका विभिन्न भाषाभाषिका कार्यक्रमदेखि स्वास्थ, शिक्षा, कृषि, उद्दम, बाल कार्यक्रम र मनोरन्जनात्मक कार्यक्रमहरु क्रमश सुरु गरिने प्रमुख खनालले उल्लेख गरे । साथै उनले नेपाल टेलिभिजन कोहलपुर प्रसारण केन्द्रबाट उत्पादित सबै समाचार तथा सुचनामुलक कार्यक्रमहरु डिजिटल प्लेटर्फमबाट हेर्न सकिने खनालले जानकारी दिए ।
प्रकाशित मितिः     ३१ असार २०७७, बुधबार २०:००  |
error: Content is protected !!