विद्युत प्राधिकरण नेपालगन्जको अनुरोध-पानी परिरहेकाले पोल नजिक नजानुहोला


नेपालगन्ज ३ असार :  नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले पानी परिरहेका कारण बिद्युच पोल तथा तारहरु ढली दुर्घटना हुन सक्ने जोखिमप्रति सर्वसाधारणलाई सचेत गराएको छ ।

यस्तो अवस्थामा पोल नजिक नजन र गाईबस्तु नबाध्न अनुरोध गरेको छ । प्राधिकरणले कतै पोल ढलेमा, तार लत्रिएमा, पोल पड्केको देखेमा प्रहरी वा प्राधिकरणमा खबर गर्न अनुरोध गरेको छ ।

नेपाल बिद्युत प्राधिकरणको अनुरोध

केहि दिन एता लगातार परिरहेको पानी ले बिद्युत पोल तथा तारहरु ढली दुर्घटना हुन सक्ने जोखिम रहेकोले पोलको नजिक नगई दिनु हुन र गाई बस्तुहरु पोलमा नबाधी दिनु हुन अनुरोध छ ।साथै कहि कतै पोल ढल्न लागेकोर ढलेको, बिजुलिको तार लत्रिएको,पोलमा पड्केको देख्नु भएमा नजिकको प्रहरी चौकी वा नेपाल बिद्युत प्राधिकरण मा जानकारी गराई बिद्युतिय दुर्घटनाको जोखिम न्यूनीकरण गर्न सहयोग गरिदिनु हुन सम्पुर्णमा अनुरोध छ ।
नेपाल बिद्युत प्राधिकरण
नेपालगंज वितरण केन्द्र
नेपालगंज, बाँके ।

प्रकाशित मितिः     ३ श्रावण २०७७, शनिबार १३:२७  |