संघद्धारा राष्ट्र बैंकका निर्देशकको बिदाई भेटघाट


सरुवा भएका नेपाल राष्ट्र बैंक नेपालगन्जका निर्देशक मुक्तिप्रसाद सापकोटासंग नेपालगन्ज उद्योग वाणिज्य संघले बिदाई भेटघाट गरेको छ । संघको कार्यालयमा आयोजना गरिएको भेटघाटमा अध्यक्ष अब्दुल वाहिद मन्सुरीले निर्देशक सापकोटालाई बिदाईका साथै मायाको चिनो प्रदान गरे ।

अध्यक्ष मन्सुरीले सापकोटाको कार्यालयमा बैंक तथा वित्तीय संस्थासंग सम्बन्धित उद्योगी, व्यवसायीका समस्या समाधानमा प्रभावकारी काम भएको भन्दै प्रशंसा गरे । निर्देशक सापकोटाले निजीक्षेत्रको छातासंगठनका तर्फबाट समस्या समाधानमा खेलेको भूमिकाका लागि संघलाई धन्यवाद समेत दिएका छन् ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्य, महासचिव चिरञ्जीवी ओली, उपमहासचिव धर्मलाल अर्याल, कोषाध्यक्ष हरिलाल न्यौपाने, एशोसिएट सदस्य सञ्जय अग्रवाल , बरिष्ठ सदस्य बसन्त लामिछाने लगायत अन्य कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः     ६ श्रावण २०७७, मंगलवार २१:०२  |