पल्सर १२५ किन्ने विचारमा हुनुहुन्छ ? यसरी लिन सकिन्छ छुट वा किस्ताबन्दी अफर


काठमाडौं – बजाज पल्सर १२५ बाइक नेपाली बजारमा पनि उपलब्ध छ । धेरैले रुचाउने पल्सरका सिरिज मध्ये १२५ सीसीको यो बाइक विशेष लोकप्रिय छ ।

बजाजको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले कुनै पनि बजाजका बाइक किन्दा पुरै नगद बुझाउदा १२ हजार छुट दिने भएको छ ।

त्यसैगरी मूल्यको ५० प्रतिशत नगद बुझाउदा बाँकी लाग्ने पैसामा शुन्य प्रतिशत सम्म ब्याज लाग्ने भएको छ ।

यो स्किम अन्तर्गत आफूलाई उपयुक्त लाग्ने स्किम प्रयोग गरी पल्सर १२५ किन्न सकिन्छ । नेपाली बजारमा डिस्क भेरिएन्टको पल्सर १२५ उपलब्ध छ । यसको मूल्य २ लाख २४ हजार ९ सय रुपैयाँ छ ।

किस्तामा तिर्नेले पनि त्यो नगद छुट पाउछन् । तर यसका लागि ५० प्रतिशत डाउन पेमेन्ट बुझाउनु पर्छ । नगद छुट नलिनेले किस्तामा १३ प्रतिशत ब्याज तिर्नु पर्छ । अन्यले भने ४० प्रतिशत गर्दा १४ प्रतिशत र ३० प्रतिशत गर्दा १५ प्रतिशत ब्याज तिर्नु पर्ने हुन्छ ।

यसका आधारमा नगद ५० प्रतिशत नगद शुरुमा डाउन पेमेन्टको रुपमा बुझाउदा १ लाख १२ हजार ४५० रुपैयाँ बुझाउनु पर्छ र बाँकी रकम किस्ताबन्दीमा २४ महिना सम्म ५ हजार ३४५ रुपैयाँको दरले बुझाउन सकिन्छ । १२ महिनामै तिर्ने अफर प्रयोग गर्दा प्रति महिना १० हजार ४५ रुपैयाँ बुझाउनु पर्छ ।

त्यसैगरी ४० प्रतिशत नगद शुरुमा डाउन पेमेन्टको रुपमा बुझाउदा ८९ हजार ९६० रुपैयाँ बुझाउनु पर्छ र बाँकी रकम किस्ताबन्दीमा २४ महिना सम्म ६ हजार ४८० रुपैयाँको दरले बुझाउन सकिन्छ । १२ महिनामै तिर्ने अफर प्रयोग गर्दा प्रति महिना १२ हजार ११५ रुपैयाँ तिर्नु पर्छ ।

३० प्रतिशत नगद शुरुमा डाउन पेमेन्टको रुपमा बुझाउदा ६७ हजार ४७० रुपैयाँ बुझाउनु पर्छ र बाँकी रकम किस्ताबन्दीमा २४ महिना सम्म ७ हजार ६३३ रुपैयाँको दरले बुझाउन सकिन्छ । १२ महिनामै तिर्ने अफर प्रयोग गर्दा प्रति महिना १४ हजार २१० रुपैयाँ तिर्नु पर्छ ।

शुरुमा एक वर्षको इन्स्योरेन्स ६ हजार र रजिष्ट्रेसन चार्ज ३ सय ५० रुपैयाँ समेत बुझाउनु पर्छ ।

प्रकाशित मितिः     8:26:32 AM  |