प्रदेश ५ मा एम्बुलेन्स जिपिएस ट्रयाकिङ्गं शुभारम्भ, सबैमा अनिवार्य गरिन्छ- मन्त्री बराल


नेपालगन्ज ८ साउन :  प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल एम्बुलेन्स जिपिएस ट्रयाकिङ्गं शुभारम्भ गरेका छन् ।

सेवाको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयले प्रारम्भीक चरणमा ६० वटा वटा एम्वुलेन्समा जिपिएस डिभाईस जडान गरेको
छ । २४ सै घण्टा हेल्प लाईन सेवा सहित यो सेवा शुभारम्भ गरेको हो ।


सो अवसरमा मन्त्री बरालले प्रदेशमा एम्वुलेन्स संचालन सम्वन्धी निर्देशिका वनाएर सबै एम्वुलेन्समा जिपिएस डिभाईस अनिवार्य गर्न लागिएको जानकारी दिए ।

उनले आकस्मिक विरामीलाई छिटो छरितो एम्वुलेन्स सेवा प्रवाह होस भनेर जिपिएस सिस्टम जडान गरिएको बताए ।

प्रकाशित मितिः     ८ श्रावण २०७७, बिहीबार १९:४१  |
error: Content is protected !!