बाँकेमा दश हजार बढीलाई सडकमै पुगेर मास्क वितरण,नलगाउने ५ सय १ लाई जरिवाना


नेपालगन्जको धम्वोझीमा सर्वसाधारणलाई मास्क वितरण गर्दै नेपालगन्ज उपमहानगरपालिकाको कार्यबहाक मेयर उमा थापामगर ।

बाँके १६ साउन :  बाँकेका कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । लकडाउन खुकुलो भएसंगै संक्रमितको संख्या कम हुनुपर्नेमा अझ बढ्यो । आन्तरिक राजश्व कार्यालय, यातायात जस्ता भिडभाडयुक्त सरकारी कार्यालयबाट संक्रमित फैलिएका छन् ।

संक्रमितको संख्या बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले आईतवारदेखि निषेधाज्ञ लागू गर्ने निर्णय गरेको छ ।

यसैलाई मध्यनजर गर्दै सर्वसाधारणलाई मास्क लगाउन अनुरोध गरिएको छ । अन्यथा कारवाही समेत भइरहेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गका अनुसार, हालसम्म ५ सय १ जनालाई रु सय जरिवाना गरिएको छ भने दश हजार मास्क सडकमै पुगे वितरण गरिएको छ ।

बाँकेमा यसअघि वैशाख १९ गते नेपालगञ्जको वडा नम्बर ८ मा पहिलो सङ्क्रमित भेटिएका थिए भने उनको सम्पर्कमा आएकाहरूमध्येबाट २५ जना सङ्क्रमित भेटिएपछि सो क्षेत्र हटस्पट बनेको थियो ।

यसअघि बन्द गरिसकेको नेपालगञ्जस्थित लायन्स डेन्टल हस्पिटलको आइसोलेसन सेन्टर बिहीबारबाट पुनः सञ्चालनमा ल्याइएको छ । एकै पटक समुदायस्तरबाट धेरैजनामा सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालयले बाँकेमा आईतवारबाट मंगलवारसम्म लकडाउन गरिदैछ ।

प्रकाशित मितिः     8:49:31 PM  |