नेपालगन्ज २० साउन : नेपाली काँग्रेस प्रदेश नं. ५ को ससदीय दलको नेतामा वीरेन्द्रकुमार कनोडिया निर्विरोध निर्वाचित भएका छन् । नेता पदका लागि मंगलवार निर्वाचन भएको भएपनि कनोडियाको निर्विरोध भएका हुन ।
उनी कपिलबस्तु निर्वाचन क्षेत्र नं. ३ (ख) प्रदेशसभा सदस्य हुन । यसअघि कनोडिया संसदीय दलको उपनेता रहेका थिए । २०७६ साल माघ ८ गते बलदेव शर्मा पोखरेलको निधन भएपछि प्रदेश सभामा विपक्षी दलको नेताको पद खाली थियो।
आम निर्वाचन २०५६ मा कपिलबस्तुबाट प्रतिनिधि सभामा सदस्य भएका कनोडिया २०५८ सालमा जलस्रोत सहायक मन्त्री भएका थिए।