सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडमा क्युआर कोड स्क्यान गरी नगद निकाल्न मिल्ने


काठमाण्डौ साउन २२ : सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुको सेवा र सुबिधालाई मध्यनजर गर्दै क्युआर कोड स्क्यान गरी नगद निकाल्न मिल्ने योजना सार्वजनिक गरेको छ ।

सुबिधा अन्तरगत ग्राहक महानुभावहरुले आफुले चाहेको रकम आफनो आवश्यकता अनुुुसार क्युआर कोड स्क्यान गरी भुक्तानी लिन सक्नुहुनेछ ।

यो सुबिधा अन्र्तगत अधिकतम एक लाखसम्म निकाल्न सकिने छ । हाल सांग्रिला डेभलपमेन्ट बैंकको बालुवाटार शाखा कार्यालयबाट उक्त सेवा लिन सकिनेछ । चेक र एटीएम को विकल्पको रुपमा आएको यो सुबिधा उपयोगी हुने विश्वास बैंकले लिएको छ ।


बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

प्रकाशित मितिः     7:30:34 AM  |