लकडाउनपछि ६१ प्रतिशत उद्योग बन्द


काठमाडौं । बन्दाबन्दी (लकडाउन) सञ्चालनमा रहेका ६१ प्रतिशत उद्योग बन्द भएका छन । सो अवधिमा ४ प्रतिशत उद्योगरव्यवसाय पूर्ण रुपमा सञ्चालनमा रहेका छन ।

यस्तै ३५ प्रतिशत उद्योगरव्यवसाय आंशिक रुपमा सञ्चालनमा रहेका छन । बन्दाबन्दीे अवधिमा उद्योगर व्यवसायहरुमध्ये ९६।७ प्रतिशतले सामान्य अवस्थाको तुलनामा औसतमा ७३.८ प्रतिशत उत्पादनरकारोबार घटेको जनाएका छन् ।

सहभागीमध्ये ०.९ प्रतिशतको १५.४ प्रतिशतले बढेको र २.४ प्रतिशतको पूर्ववत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
सरकारले गत चैतदेखि साउनसम्म लकडाउन लागू गरेको थियो ।

असार १ देखि लकडाउन खुकुलो गरिएता पनि आर्थिक क्रियाकलापहरु पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको केन्द्रीय बैंकले गरेको अध्ययनले देखाएको छ ।

नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार ७४.३ प्रतिशत उद्योग व्यवसायहरुले बैंक तथा वित्तीय संस्थाबाट र ८.७ प्रतिशतले बचत तथा ऋण सहकारी संस्थाबाट कर्जा लिएका छन । यस्तै कर्जा नलिएका उद्योग व्यवसायहरुको संख्या १२ प्रतिशत रहेको छ ।

प्रकाशित मितिः     २२ श्रावण २०७७, बिहीबार ०७:४२  |