१५ जना सशस्त्र प्रहरी सहित बाँकेमा २० जना संक्रमित थपिए


नेपालगन्ज ३२ साउन :  १५ जना सशस्त्र प्रहरी सहित बाँकेमा आईतबार २० जना कोरोना संक्रमित थपिएका छन् ।

भेरी अस्पतालमा गरिएको परीक्षणका क्रममा सडक डिभिजनस्थित साविकको औद्योगिक गुल्ममा कार्यरत मध्ये १५ सशस्त्र प्रहरीलाई कोरोना देखिएको हो । यसअघि दुई जनालाई संक्रमण भएको थियो ।

उक्त गुल्ममा कार्यरत सशस्त्र प्रहरी कोडिभ संकट व्यवस्थापनमा नेपालगन्जमा फ्रन्टलाइनमा खटिएका थिए । उनीहरु क्वारेन्टाइन देखि आइसोलेसन व्यवस्थापनसम्मका काममा लागेका थिए ।


यस्तै आईतवार नै ग्लोवल बैंकका तीन जना, कोहलपुर ६ र खजुरा ११ का एकरएक जना संक्रमित थपिएका छन् ।

प्रकाशित मितिः     3:41:41 PM  |