राजस्व बोर्डको अध्यक्षमा दाहाल र सदस्यमा अधिकारी नियुक्त


सरकारले राजस्व बोर्डको अध्यक्ष र सदस्य नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता डा.युवराज खतिवडाले जानकारी दिए ।


उनका अनुसार अर्थ मन्त्रालयको प्रस्तावमा राजस्व बोर्डको अध्यक्षमा पूर्वसचिव महेश दाहाल र सदस्यमा पूर्वसहसचिव निर्मलमणि अधिकारीलाई नियुक्ति गर्ने सरकारको निर्णय भएको हो ।

प्रकाशित मितिः     5:20:48 PM  |