अमेरिकी मुद्रा डलरको पहिचान एक वैश्विक मुद्राको रूपमा रहेको छ । अन्तर्राष्ट्रिय व्यापारमा डलर र युरो बढी लोकप्रिय र स्वीकार्य रहेका छन् । संसारभरमा केन्द्रीय बैंकमा जति पनि विदेशी मुद्रा भण्डार हुन्छ, त्यसमध्ये ६४ प्रतिशत अमेरिकी डलर नै हुन्छ ।
डलर वैश्विक मुद्रा अमेरिकी अर्थव्यवस्थाको शक्तिको प्रतीकसमेत मानिन्छ । इन्टरनेसनल स्टान्डर्ड अर्गनाइजेसन लिस्टका अनुसार संसारमा कुल १ सय ८५ मुद्रा छन् । यद्यपि, यसमध्ये धेरैजसो मुद्राको प्रयोग आफ्नो देशभित्र हुने गर्छन् । कुनै पनि मुद्रा कुन हदसम्म प्रचलित छ भन्ने कुरा त्यस देशको अर्थ व्यवस्थाको शक्तिमा निर्भर रहन्छ ।
संसारको दोस्रो शक्तिशाली मुद्रा युरो हो, जुन संसारका केन्द्रीय बैंकमा विदेशी मुद्रा भण्डारमा १९।९ प्रतिशत छ । डलरको शक्ति र त्यसको स्वीकार्यताले अमेरिकी अर्थ व्यवस्थाको शक्तिलाई जनाउँछ । कुल डलरको ६५ प्रतिशत डलरको प्रयोग त अमेरिकाबाहिर हुने गर्छ ।
संसारभरको ८५ प्रतिशत व्यापारमा अमेरिकी डलरको प्रयोग हुन्छ भने संसारमा ३९ प्रतिशत कर्जा डलरमा दिइन्छ । त्यसैले विदेशी बैंकलाई अन्तर्राष्ट्रिय व्यापारमा डलरको आवश्यकता पर्छ । डलरमाथिको निर्भरता कम गर्नका लागि रुस र चीनले एकसाथ काम गर्न थालेका छन् । केही विशेषज्ञले २ देशबीच वित्तीय गठबन्धन हुन सक्नेसमेत बताएका छन् ।
डलर वैश्विक मुद्रा किन रु
सन् १९४४ मा ब्रेटन वुड्स सम्झौतापछि डलरको वर्तमान मजबुतीको सुरुवात भएको थियो । त्यसभन्दा पहिले धेरैजसो देशले सुनलाई राम्रो मानक मान्ने गर्थे । विदेशी सरकारहरूले आफ्नो मुद्रालाई सुनको मागको मूल्यका आधारमा तय गर्ने बाचा गर्थे ।
न्यु ह्याप्पसायरको ब्रेटन उड्समा संसारका विकसित देशका प्रतिनिधिहरू भेला भए र उनीहरूले अमेरिकी डलरको तुलनामा सबै मुद्राको विनिमयदर तय गरे । त्यस समयमा अमेरिकासँग संसारकै सबैभन्दा बढी सुनको भण्डार रहेको थियो । यो सम्झौताले अरू देशलाई पनि सुनको स्थानमा आफ्नो मुद्राको डलरलाई समर्थन गर्ने अनुमति दियो ।
सन् १९७० को सुरुवातमा केही देशले डलरको स्थानमा सुनको माग गरेका थिए किनकि उनीहरूलाई मुद्रास्फितीसँग लड्नु आवश्यक थियो । त्यस समयमा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले फोर्ट नक्सलाई आफ्नो सबै भण्डार समाप्त गर्ने अनुमति दिनुको साटो डलरलाई सुनबाट अलग पारिदिए । त्यसबेलासम्म डलर संसारको सबैभन्दा खास सुरक्षित मुद्रा बनिसकेको थियो ।
चीन र रुसको रणनीति
एसिया निक्केई रिभ्युको रिपोर्ट अनुसार रुसको केन्द्रीय बैंक र फेडरल कस्टम सेवाका माध्यमबाट जारी गरिएको हालको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०२० को पहिलो ३ महिनामा रुस र चीनबीच व्यापारमा डलरको हिस्सेदारी पहिलो पटक ५० प्रतिशतभन्दा तल झरेको छ ।
रुस र चीनबीच ४६ प्रतिशत व्यापारमात्रै डलरमार्फत भभएको छ । यसै अवधिमा २ देशबीचको व्यापारमा युरोको हिस्सेदारी बढेर अहिलेसम्मकै सबैभन्दा बढी ३० प्रतिशत पुग्यो भने २ देशबीच आफ्नो मुद्रामा २४ प्रतिशत व्यापार भएको छ । यो पनि अहिलेसम्मको सबैभन्दा ठूलो हिस्सेदारी हो ।
पछिल्ला केही वर्षमा रुस र चीनले द्विपक्षीय व्यापारमा डलरको प्रयोगलाई जबर्जस्त रुपमा कम गर्दैै लगेका छन् । सन् २०१५ सम्म दुई देशबीच ९० प्रतिशत व्यापार डलरमा हुन्थ्यो । तरर अमेरिका र चीनबीच सुरु भएको व्यापारिक युद्ध र खास गरी अमेरिकी डलरमा व्यापार कम गर्ने रुस र चीनको योजनाबद्ध रणनीतिअनुसार सन् २०१९सम्म आइपुग्दा यो ५१ प्रतिशतमा झरेको थियो ।
रसियन एकेडेमी अफ साइन्सेजमा इन्स्टिच्युट अफ इस्टर्न स्टडिजका निर्देशक अलेक्से मसलोभले निक्की एसियन रिभ्युलाई दिएको प्रतिक्रियामा रुस र चीनको डलरमा व्यापार विस्तारै कम गर्ने योजनाले एक दिन दुई देशबीच गठबन्धन निर्माण गर्ने बताएका छन् ।
अलेक्से मसलोभका अनुसार वित्तीय क्षेत्रमा रुस र चीनबीचको यो गठबन्धनले अन्तिममा गएर एउटा मापदण्ड तय गर्नेछ । उनले भने, ‘केही मानिसलाई लागेको थियो कि यो सैन्य गठबन्धन या व्यापारिक गठबन्धन हुनेछ, तर अब यो बैंकिङ र वित्तीय गठबन्धनको दिशामा गइरहेको छ र यो दुवै देशका लागि आफ्नो निर्णय लिने स्वतन्त्रतालाई पनि सुनिश्चित गर्नेछ ।’
सन् २०१४ देखि नै रुस र चीनले डलरको प्रयोग कम गर्ने रणनीतिलाई प्राथमिकतामा राखेका छन् । क्राइमिया जनमत संग्रहमार्फत रुसमा गाभिएपछि रुसको पश्चिमा देशसँगको सम्बन्धमा दरार आएको थियो । त्यसयता दुवै देशले आर्थिक सहयोग बढाउन सुरु गरेका हुन् । रुसमाथि अमेरिकी प्रतिबन्धलाई असफल बनाउनका लागि पनि व्यापारमा डलरको प्रयोग अन्त्य गर्न जरुरी भएको थियो ।
रुसका लागि आइएनजी बैंकका मुख्य अर्थशास्त्री डिमित्री डोलगिनले भने, ‘संसारका सबै स्थानमा अनलाइन लेनदेन हुँदा डलरको प्रयोग हुन्छ । कुनै न कुनै रुपमा अमेरिकी बैंकले नै यसको स्वीकृति दिन्छ ।
यसको अर्थ भनेको अमेरिकी सरकारले कुनै लेनदेन रोक्नका लागि बैंकलाई आदेश दिनसक्छ । अमेरिकी डलरको सूचकांक ९जुन संसारका ६ बलियो मुद्राको तुलनामा आफ्नो मूल्यको आकलन गर्छ० मा मार्चदेखि ९ प्रतिशत गिरावट आइसकेको छ र यो सन् २०११ पछिको सबैभन्दा खराब अवस्था हो ।
डलरमाथि दबाब यसकारण पनि बढिरहेको छ कि संसारको दोस्रो ठूलो अर्थव्यवस्था भएको चीनको तुलनामा अमेरिकामा कोरोना भाइरसको असर बढी देखिएको छ ।
वैश्विक अर्थव्यवस्थामा डलरको केन्द्रीय भूमिकाका कारण लगातार लेनदेन बजारमा फेरबदल ल्याउन सक्छ र यसका कारण संसारका केन्द्रीय बैंक र सरकारले लगातार आर्थिक राहतका प्याकेज ल्याइरहेको हुन्छ । तर यदि डलरमा थप गिरावट आइरह्यो भने युरोप र जापानका लागि दुःखद खबर हुनेछ ।
पछिल्ला दुई वर्षमा डलरको मूल्यमा उतारचढाव देखिदै आएको थियो । गत वर्ष यही समयको तुलनामा डलरको मूल्यमा ३ प्रतिशतले गिरावट आएको छ । सन् २०१७ मा डलरमा १० प्रतिशत गिरावट आएको थियो ।
डलरको मूल्यमा कमीले अमेरिकी निर्यातलाई फाइदा हुन्छ । यसबाट अमेरिकी बहुराष्ट्रिय कम्पनीलाई मुनाफालाई आफ्नो घरेलु मुद्रा डलरमा बदलेर लैजान सहयोग पुग्नेछ । यो अमेरिकी शेयर बजारमा वृद्धि ल्याउनका लागि राम्रो खबर पनि हो । पछिल्ला केही सातादेखि अमेरिकी शेयर बजारमा लगातार गिरावट आइरहेको छ ।
अमेरिकाको इन्भेस्टमेन्ट बैंकिङ र वित्तीय सेवाको बहुराष्ट्रिय कम्पनी गोल्डेन सेचले आफ्नो रिपोर्टमा ऐतिहासिक रुपमा एस एन्ड पी ५०० सूचकांक ९अमेरिकी शेयर बजार सूचकांक जसमा अमेरिकी शेयर बजारमा सूचिबद्ध ५०० कम्पनीको अवस्था बताउँछ० ले २।६ प्रतिशतको मुनाफा दिएका छन् । जब डलरको मूल्य तीव्र रुपमा तल झर्छ र प्रविधि तथा उर्जा क्षेत्रका कम्पनीको शेयरमा भारी वृद्धि हुन्छ ।
गोल्डमेनका अनुसार डलरमा १० प्रतिशतको गिरावटबाट सन् २०२० मा आम्दानीमा प्रत्येक शेयर ३ प्रतिशतले बढ्नेछ । आगामी १२ महिनामा डलरको मूल्यमा अझै ५ प्रतिशतले गिरावट आउने गोल्डमेनका विश्लेषकको आशंका छ । बीबीसी