बाँकेमा ५२ वटा हाईमास्ट लाईट, शनिवार जमुनाहमा शिलान्यास


नेपालगन्ज ६ भदौ :  बाँकेको नेपालगन्ज र कोहलपुरमा गरी हाईमाष्ट लाईटको संख्या ५२ वटा पुगेको छ । धेरै हाईमाष्ट जडान भइसकेका छन् भने केही बन्ने क्रममा छन् ।

स्मार्ट र रात्रीकालिन बजारलाई मध्यनजर गर्दै बाँके निर्वाचन क्षेत्र नंं. २ का संघीय सांसद मोहमद ईस्तियाक राई शहरी विकास मन्त्री भएका बेला हाईमाष्ट लाइटको टेण्डर आह्वान भएको थियो ।

जुन अहिले कार्यान्वयनको चरणमा रहेको छ ।

नेपालगन्जको जमुनाहा देखि कोहलपुरको हाईवे लगायत भित्री बाटोका चौक/चौराहमा जडान गर्ने कार्य भाइरहेको छ । शनिवार पूर्वमन्त्री राईले जमुनाहमा हाईमाष्ट लाइटको शिलान्यास गरे ।

प्रकाशित मितिः     ६ भाद्र २०७७, शनिबार ११:५८  |