कोहलपुरमा थ्रीडी ढोकाको उत्पादन शुरु


नेपालगन्ज ६ भदौ :  कोहलपुरमा आधुनिक थ्रिडी ढोकाका पल्लाहरु निर्माण सुरु गरिएको छ । कोहलपुर ८ राम नगरमा त्रिदेश लोमिनेट्टस प्रालि मार्फत कोहलपुरका व्यवसायीहरुले आधुनिक ढोकाका पल्लाहरु निर्माण सुरु गरेका हुन ।

उद्योगमा हाल दैनिक १ सय ५० थ्रिडी ढोकाहरु निर्माण गरिरहेको सञ्चालक मध्येका एक नन्द लाल पौडेलले जानकारी दिए । पौडेलका अनुनसार हाल थ्रिडी पिभिसी , थ्रिडी डिजीटल र नर्मल पिभिसी पल्लाहरु निर्माण भई रहेका छन ।

चितवन बाट प्लाईउड ल्याएर कोहलपुरमा आधुनिक ढोकाहरु निर्माण गरिएको पौडेलको भनाई छ ।

उनका अनुसार आधुनिक ढोकाहरु ५ बर्ष भित्रबिग्रेमा वा कुहीएमा कम्पनीले आफैले रिप्लेस गरिदिने नयाँकोर्स जानकारी दिए ।

अर्का सञ्चालक केशव सापकोटाले आफुहरुद्धार उल्पादीत आधुनिक थ्रिडी ढोकाहरु प्रदेश नं ५ को बाँके बर्दिया र दाङ कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेको कैलाली सम्म बिक्रि भई रहेको बताए।

कोहलपुरका व्यवसायी नन्द लाल पौडेल , केशव सापकोटा र चितवनका व्यवसायी रुद्र कडेलको लगानीमा कम्पनी स्थपना गरिएको हो । हाल ३ करोड बढी लगानी रहेको सो कम्पनिमा दैनिक १६ जनाले रोजगारी पाई रहेको सापकोटा जानकारी दिए ।
न्युनतम ३ हजार ५ सय देखि १५ हजार सम्ममा हाल ढोकाहरु बिक्रि भई रहेको कम्पनीले जनाएको छ ।

उत्पादीत ढोकाहरु मध्ये थ्रिडी पिभिसी यस क्षेत्रकै लागी अत्यन्तै नँया उत्पादन भएको कम्पनीको दाबि छ । उक्त ढोकाका पल्लाहरु आफ्नो अडर साईज अनुसार निर्माण हुने भएकाएले अन्य ढोका भन्दा सस्तो पर्न जाने बताईएको छ । सञ्चालक नन्दलाल पौडेलका अनुसार कोहलपुरको एच एस स्टिल उद्योग र कबिर अल्टर अनेटिभ मार्फत बिक्रि भई रहेको छ

प्रकाशित मितिः     ६ भाद्र २०७७, शनिबार १४:४६  |