बाँके ६ भदौ : बाँकेमा हरेक दिन १० जना भन्दा बढि कोरोना संक्रमित फेला पर्छन । मृत्युको संख्या चार पुगिसकेको छ । कोरोना कहरले जनजीवन अस्तव्यस्त बनेको छ ।
प्रहरी प्रशासनले लकडाउन स्वास्थ्य सावधानी नअपाउनेलाई कडाई कारवाही गरिरहेको छ भने भिडभाड रोकेको छ । तर जिल्लामा मुख्य राजनीतिक दलका नेताहरु भने कोरोना कहर भएको महसुस नै नगरी जथभावी आमसभा गरिरहेका छन् ।
गाउदेखि शहरसम्म राजनीतिक दलहरुले गरिरहेको भिडभाड र आमसभाले जिल्ला प्रशासन कार्यालय बाँकेले जारी गरेको निर्देशन चरमरुपमा उल्लंघन भइरहेको छ । मुख्य राजनीतिक दलहरु सबै यस्ता राजनीतिक गतिविधिमा सक्रिय छन् ।
मास्क नलगाएपछि रु सय जरिवना गर्ने र स्वास्थ्य सावधानी नअपनाए पसल नै बन्द गर्नेसम्मको कारवाही गर्दै आएको प्रहरी, प्रशाासनले राजनीतिक दलका यस्ता गतिविधिलाई भने नदेखेझैं गरिरहेको छ ।
हेर्नुहोस् प्रशासनले गरेको निर्देशनको ख नम्बरको बुँदा-
बाँकेमा हरेक दिन संक्रमित थपिदै छन् । जोखिम बढेको बढ्ै छ तर राजनीतिक दललाई भने चुनाव आए जस्तो भएको छ । ठूला ठूला भिडभाड गरिरहेको देखेर अचम्म लागेको छ ।- एकजना स्वास्थ्यकर्मीले भने ।
उनका अनुसार यस्ता गतिविधिले संक्रमणको जोखिम ह्वात्तै बढाइरहेको छ । बाँकेमा संक्रमणको जोखिम बढेपछि धार्मिक तथा सामाजिक गतिविधिमा भिडभाड नगर्न समेत निर्देशन दिइएको छ ।
सर्वसाधारणले यो निर्देशन पालना गरे पनि नेताहरुले भने उल्लंघन गरेका छन् । प्रशासनको आदेशमा स्पष्टरुपमा राजनीतिक गतिविधि नगर्न निर्देशन छ ।