दुष्ट मतियारहरुले नयाँ ढंगले मेरो बिरूद्धमा स्वर उरालिरहेका छन्– ईश्वर पोखरेल


नेपालगन्ज १० भदौ :  उपप्रधानमन्त्री एवं नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले राष्ट्रिय वाणिज्य बैंकमा उपेन्द्र कोइरालाको नियुक्तीका आफुलाई विवादित बनाएकोमा खण्डन गरेका छन् ।

उनले केही दिनयता आफुलाई केन्द्रीत गरी कतिपय संचार माध्यमहरूले समाचार सम्प्रेषण गरेको भन्दै ती समाचारप्रति गम्भीर ध्यानार्कषण भएको जनाएका छन् ।

‘मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा मसितको सम्बन्धको दुरूपयोग गरी विद्यमान कÞानूनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता छैन ।’ पोखरेलले भने‘ भएका काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन् । कहींकतै पनि मेरो अबाञ्छित चासो वा हस्तक्षेप नभएको कुरा जानकारी गराउँदछु ।’

उनले यदि अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार हुने समेत विश्वास दिलाउन दिलएका छन् ।

उनले आफ्नो दृढता र विश्वासलाई लाञ्छित गर्ने हिसाबले तथ्यहीन र अत्यन्त गलत मनसायका साथ सार्वजनिक भएकार गरिएका कुराहरूप्रति खेद व्यक्त गरेका छन् । यस्तो विषयका कारण दुःखित भएकासद्भाव राख्ने, मलाई माया गर्ने, समर्थन गर्नुहुने मित्रहरूलाई कुनै पनि किसिमको भ्रममा नपर्न अनुरोध उनले अनुरोध गरेका छन् ।

विगतमा राजाले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको र त्यसविरूद्ध संघर्ष गरेका कारण यातनापूर्ण बन्दी जीवन विताइरहेका बेला सम्पूर्ण रूपमा बदनाम र चरित्रहत्या गर्ने हिसावले “घरको पानी ट्यांकीमा पैसा राखेको“ कुप्रचार गरिएको भन्दै अहिले विगतको निरंकुश शाही शासनका तिनै दुष्ट मतियारहरू समेत नयाँ ढंगले आफ्ना बिरूद्धमा स्वर उरालिरहेको उनले बताए ।

उनले भने,–‘ म ती सबैलाई चुनौती दिदै घृणापूर्वक अस्वीकार गर्दछु । सम्पूर्ण शुभचिन्तक, समर्थक, मित्रहरू तथा आम जनतालाई विश्वास दिलाउन चाहन्छु, तपाईंहरूको विश्वास र भरोसालाई म कहिल्यै र कहिल्यै कमजोर हुन दिने छैन । किमार्थ टुट्न दिने छैन !!’

 

प्रकाशित मितिः     १० भाद्र २०७७, बुधबार १५:४२  |