सांसद राईले भने –‘मलाई मेरो कार्यक्षेत्र थाहा छ, सम्झाउनुपर्दैन’


नेपालगन्ज १२ भदौ :  नेपालगन्जका सांसद मोहमद ईस्तियाक राई र उपमहानगरपालिकाका मेयर एवं अन्य जनप्रतिनिधिबीचको वाकयुद्ध सकिने छाँटकाँट देखिदैन ।

सांसद विकास कोषको रु १ करोड ५० लाख फ्रिज भएको बारेमा सासद र उपमहानगरबीच आरोपप्रत्यारोप चलिरहेको छ । शुक्रवार पत्रकार सम्मेलनमा मेयर राणा र उपमेयर उमा थापामगरले सांसदसंगको बिवादमा कार्यक्षेत्रको प्रशन उठाएका थिए । त्यसको जवाफ दिदै सांसद राईले आफुलाई कार्यक्षेको राम्रो हेक्का रहेको भन्दै सम्झाउन आवश्यक नरहेको बताए ।

उनले सामाजिक सन्जालमा लेखे,–
‘नगरपालिकाको सम्र्पक मन्त्रालय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चलानी नं. ५६८ मिति २०७७।०३।०७ गतेको बुंदा नम्बर १,३ र ४ ले नै सम्बधित स्थानिय तहले के गर्ने सयोजक साँसदले के गर्ने कसको के जिम्मेवारी हो प्रस्ट नै छ । अध्ययन नगरी निर्णय गरेको र अर्काको कार्य क्षेत्रमा हस्क्षेप गरेको टिप्पणी गरी ज्ञानी र अज्ञानीको प्रमाण पत्र बाडनु भन्दा आफनो सम्पर्क मन्त्रालयको पत्र अध्ययन गर्नु कस्ले कुन प्रमाण पत्र प्राप्त गर्छ तलको पत्रमा स्पट छ । साथै अहिले पनि म आफनो भनाईको पुष्ट्याईका लागि आम नागरिकको विचमा बहस गर्न तयार रहेको चुनौती समेत दिन चाहन्छु । यसको पुष्ट्याई गर्न नसकेमा राजनितिक जिवन बाट सन्यास लिन तयार छु ।’

 

प्रकाशित मितिः     १२ भाद्र २०७७, शुक्रबार १६:३७  |