काठमाडौं । विदेशबाट बढ्दो आयात र नेपाली कृषि उपजले राम्रो बजार नपाइरहेको बेलामा ई–फार्मले गाउँका उत्पादनलाई शहरका उपभोक्तासम्म पु¥याउन थालेका छन् ।
देशका विभिन्न ग्रामीण भेगका किसानका उत्पादन खरीद गरी राजधानीवासीलाई अनलाइन डेलिभरीमार्फत सेवा दिँदै आएको कम्पनीले बताएको छ ।
कोभिड–१९ को विषम् परिस्थितिमा पनि होम डेलिभरी नरोकिएको ई–फार्मका संस्थापक परमेश्वर श्रेष्ठले बताए । ग्रामीण किसानका उत्पादनसँगै ललितपुरस्थित धापाखेलमा फार्म सञ्चालन गरी ताजा तरकारी र फलफूल समेत डेलिभरी गरिरहेको श्रेष्ठले बताए ।
ई–फार्ममा पूर्वको लेटाङ र धनकुटाका खसी, इलामको घीउ, कास्कीको अनदिको चामल र जेठोबुढोको चामल त्यस्तै जुम्लाको मार्सी चामल, तीते फापरको पीठो, सेतो मकै, कालो चामल, स्याउको चना, सिमीको दाल, जौको च्याख्ली, कालीमार्सी चामल, चिनाको चामल, मकै, तोरीको तेल, भाग लगाएको लोकल खसीको मासु, लोकल कुखुराको विक्री गर्दै आएको छ ।
त्यस्तै ई–फार्मले स्ट्रबेरी, ब्लाकबेरी, ब्लूबेरीको उत्पादन पनि विक्री गर्दै आएको छ । यी सामग्री खरीद गर्न ई–फार्मको फेसबुक पेज, इन्स्टाग्राममा च्याट गरेर र कम्पनीको वेबसाइटमार्फत अर्डर गर्न सकिन्छ ।
अर्डर गरेपछि एक दिनमै होम डेलिभरी दिने ई–फार्मले बताएको छ । बिल तिर्न ई–सेवा, खल्ती र बैंक कार्ड प्रयोग गर्न सकिने छ । विदेशमा भएकाले आप्mनो आफन्तका लागि सपिङ गर्न सकून् भनेर पे–पाल एकाउन्टबाट समेत बिल तिर्न सकिने व्यवस्था गरिएको श्रेष्ठले जानकारी दिए ।