काठमाडौं । मोटरसाइकल तथा स्कूटर निर्माता हिरो मोटोकर्पल आफ्नो चर्चित मोटरसाइकल सुपर स्प्लेन्डरको नयाँ संस्करण नेपाल ल्याएको छ । देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारि भइरहेको भएपनि हिरोले नयाँ सुपर स्प्लेन्डर सार्वजनिक गरेको हो ।
सुपर स्प्लेन्डर अब अझ सुरक्षित र एकीकृत ब्रेक प्रणाली (इन्ट्रिग्रेटेड ब्रेकिङ सिस्टम) आईबीएस सहित थप सुरक्षित भएको कम्पनीले बताएको छ । आईबीएस एक परिस्कृत सुरक्षा विशेषता हो जसले ब्रेकिङ प्रणालीलाई सबल बनाउन मद्धत गर्छ । यसले आगडि तथा पछाडिको ब्रेक बीचको सम्बन्धलाई एकिकृतगरि सक्षम तुल्याउँछ ।
सुपर स्प्लेन्डर आईबीएस भर्सन देशभरिका हिरोे मोटरसाइकलको आधिकारिक शोरूममा आजदेखि उपलब्ध हुने कम्पनीले बताएको छ । यसको मूल्य १ लाख ९८ हजार रुपैयाँ तोकिएको छ ।
सुपर स्प्लेन्डर भारतको जयपुरस्थित हिरो मोटोकर्र्पको अत्याधुनिक अनुसन्धान तथा विकास केन्द्र आरएन्डडी इनोभेसन एन्ड टेक्नोलोजी केन्द्रमा डिजाइन र विकसित गरिएको मोडल हो । योसँगै हिरो मोटोकर्पले आफ्ना ग्राहकहरूलाई प्रिमियम, उच्च–गुणस्तर र सुरक्षित उत्पादनहरू प्रदान गर्ने कुरामा आफ्नो ध्यान केन्द्रित गर्ने बताएको छ ।
यो बजार प्रवेशका अवसरमा टिप्पणी गर्दै हिरो मोटोकर्पको ग्लोबल बिजनेसका प्रमुख रजत भार्गवले भने, ‘नेपालमा हाम्रा ग्राहकहरूका लागि आईबीएसको साथ सुपर स्प्लेन्डर बजारमा ल्याउन पाउँदा हामीलाई खुसी लागेको छ । सुपर स्प्लेन्डर देशको सबैभन्दा लोकप्रिय मोटरसाइकल मध्येको एक हो र यो भावना र ब्रान्डप्रतिको विश्वास यस मोटरसाइकलको कारण अझै बढ्नेमा हामी विश्वस्त छौं ।
यो मोटरसाइकलमा एयर कुल्ड, फोर–स्ट्रोक सिगंल सिलिन्डर १२४.७ सीसीको इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम ७००० आरपीएममा ९ बीएच पावर र ४००० आरपीएममा १०.३५ एनएमको टर्क उत्पादन गर्छ ।
सुपर स्प्लेन्डरको टप स्पीड ९० किमी प्रतिघण्टा रहेको छ । यसमा साइड स्ट्यान्ड इन्डिकेटर, १८ इन्च एलोय ह्वील्स, आरामदायक सीट, १३ लिटर क्षताको इन्धन ट्यांकी रहेको छ ।
यो मोटरसाइकल पाँच प्रिमियम मेटालिक रंगहरूमा उपलब्ध रहेको छ । जसमा ब्ल्याक विथ ग्रे, क्यान्डी ब्लेजिङ रेड, ब्ल्याक विथ रेड स्ट्राइप्स, ब्ल्याक विथ भ्वाइलेट स्ट्राइप्स र एबोनी ग्रे रहेको छ ।