मुम्बइ। भारतीय केन्द्रीय बैंकका गभर्नरले कोभिड-१९ छ भनेर चुपचाप बस्दा थप नोक्सान हुने भन्दै भारतीय बैंकहरुलाई ऋण बिस्तार गर्न सुझाव दिएका छन्।
रिजर्भ बैंक अफ इण्डिया (आरबीआइ) का गभर्नर शक्तिकान्त दासले बैंकहरुलाई ऋण बिस्तारका लागि प्रोत्साहित गर्दै चाहिँदोभन्दा बढी सतर्क हुँदा बैंकहरुलाई नै नोक्सान हुने बताएका हुन्। उनले बैंकहरु नै अग्रसर भएर ऋणको माग बढाउनु पर्ने उनको सुझाव छ।
क्ष्उचबमभभ
त्ख्क्
उनले संकटका बेलमा ऋण दिँदा भने केही सतर्क हुनुपर्ने पनि बताएका छन्। यस्तो बेलामा जालझेल गरेर ऋण लिने सम्भावना रहने भन्दै यस्ता कुरासँग बचेर ऋण बिस्तारमा लाग्न गभर्नरले सुझाव दिएका हुन्।
गभर्नर दासले कोभिड संकटले बैंकहरुका माझ ठूलो चुनौती खडा गरेको भन्दै बलियो पुँजी आधार भएका कारण बैंकहरु बलियो अवस्थामै रहेकोसमेत बताए। अहिले बैंकहरुको ऋण बिस्तार ६ प्रतिशतले घटेको छ। खराब ऋण बढ्ने अनुमानमा बैंकहरुले ऋण बिस्तार रोकेको गभर्नरको बुझाइ छ।
बिजनेस स्यान्डर्ड पत्रिकाको एक कार्यक्रममा बोल्दै गभर्नर दासले बैंक ऋणमा जालझेलको घटना बढिरहेकोतर्फ सतर्कसमेत गराएका छन्। उनले गत वर्ष जालझेल दोब्बरले बढेर बैंकहरुको १.८५ लाख करोड भारु संकटमा परेको समेत बताए।