घुम्न र पढ्न जानेहरु रोकिँदा ३६ अर्ब विदेशिनबाट जोगियो


काठमाडौं । कोरोना भाइरस महामारीका कारण अध्ययन र भ्रमणका लागि विदेश जानेहरु रोकिँदा नेपालको करिब ३६ अर्ब रुपैयाँ बिदेशिनबाट जोगिएको छ ।

गत आर्थिक वर्ष २०७६र७७ मा अध्ययन र घुम्नका लागि विदेश जाने नेपालीबाट ५३ अर्ब १३ करोड रुपैयाँ विदेश पुगेको छ । यो रकम आर्थिक वर्ष २०७५र७६ मा भने ८९ अर्ब ९० करोड रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । यसरी हेर्दा २०७५र७६ मा भन्दा २०७६र७७ मा ३६ अर्ब रुपैयाँ कम खर्च भएको हो ।

शिक्षाका लागि आर्थिक वर्ष २०७६/७७ मा २५ अर्ब ८१ करोड रुपैयाँ बाहिरिएको छ । आर्थिक वर्ष २०७५र७६ मा भने ४६ अर्ब ३२ करोड रुपैयाँ बाहिरिएको थियो । यसरी हेर्दा विदेश अध्ययन गर्न जानेहरु कोरोना महामारीका कारण रोकिँदा देशको २० अर्ब रुपैयाँ जोगिएको छ ।

अघिल्ला वर्षहरुमा नेपाल आउने विदेशी पर्यटकले गर्ने खर्च भन्दा नेपालबाट विदेश घुम्न जाने र अध्ययनका लागि विदेश जानेहरुले लैजाने रकम बढी थियो । तर आर्थिक वर्ष २०७६र७७ मा भने यस्तो रकम ७ अर्ब भन्दा बढी बचत भएको छ । आव २०७६र७७ मा नेपाल घुम्न आउनेहरुबाट ६० अर्ब ८८ करोड रुपैयाँ आम्दानी भएकामा विदेश घुम्न जाने र अध्ययन गर्न जानेले ५३ अर्ब १३ करोड रुपैयाँ खर्च गरेका थिए ।

राष्ट्र बैंकको तथ्यांक अनुसार गत आवमा पर्यटकले नेपालमा गर्ने खर्च समेत उल्लेख्य घटेको छ । आर्थिक वर्ष २०७६र७७ मा भ्रमण आय ६० अर्ब ८९ करोड रुपैयाँ थियो । आर्थिक वर्ष २०७५र७६ मा भ्रमणबाट भएको आय ७५ अर्ब ३७ करोड रुपैयाँ रहेको थियो ।

यसरी शिक्षाका नाममा विदेशिने ठूलो रकममा आएको कमीले सग्रममा सेवा खाता बचतमा रहन सफल भएको हो ।

आर्थिक वर्ष २०७६र७७ को चैतयता पर्यटकबाट हुने आय शून्य रहेको छ । किनकी सरकारले १० चैतबाट सबै प्रकारका हवाई उडानमा लगाएको प्रतिबन्धपछि पर्यटक आउन बन्द भएको हो ।


पछिल्लो तीन वर्षमा शिक्षाका लागि विदेशिएको रकम

आव २०७४र७५ स् ३८ अर्ब ८ करोड
आव २०७५र७६ स् ४६ अर्ब ३२ करोड
आव २०७६र७७ स् २५ अर्ब ८१ करोड

पछिल्लो तीन वर्षमा भ्रमण आय

आव २०७४र७५ स् ६८ अर्ब ५२ करोड
आव २०७५र७६ स् ७५ अर्ब ३७ करोड
आव २०७६र७७ स् ६० अर्ब ८८ करोड

शिक्षासहित तीन वर्षमा भ्रमण व्यय

आव २०७४र७५ स् ७९ अर्ब ५९ करोड
आव २०७५र७६ स् ८९ अर्ब ९० करोड
आव २०७६र७७ स् ५३ अर्ब १३ करोड

प्रकाशित मितिः     7:30:31 AM  |