तालिम तथा रोजगार व्यवसायी महासंघ कर्णाली प्रदेश समिति गठन


नेपालगन्ज १३ भदौ :  उपेन्द्र कुमार शाहीको अध्यक्षतामा नेपाल तालिम तथा रोजगार ब्यबसायी महासंघ कर्णाली प्रदेश कमिटि चयन गरिएको छ ।

प्रदेश महासंघको वरिष्ठ उपाध्यक्षमा सुमन नाथ योगी ,उपाध्यक्ष टीका बुढाथोकी ,सचिव रमेश शर्मा,सहसचिव रमेश अधिकारी,कोषाध्यक्षमा महेश नेपाली र सदस्यहरुमा क्रमश :  प्रदिप घिमिरे,जगत बहादुर कटुवाल,राम बहादुर खड्का,प्रकाश खड्का,मिना भण्डारी,बिनोद शाही,कमल बुढाथोकी,सन्दिप बिक र दिपेन्द्रकुमार शाही चयन भएका छन् । बर्सेनि करौडौ बजेट सीप तथा रोजगारीको क्षेत्रमा बिनियोजन हुने भए पनि उपलब्ध सन्तोषजनक नदेखिएकोले आफुहरुले पहल गगर्ने अध्यक्ष शाहीले बताए ।


यस्तै बेरोजगार रहेका युवाहरुलाई विभिन्न किसमका सिपमुलक तालिमहरु प्रदान गरि उनीहरुलाई स्वरोजगार बनाउन मद्दत पुर्याउने उद्वेश्यले महासंघ गठन गरिएको बरिष्ठ उपाध्यक्ष सुमननाथ योगीले बताए ।

सातै वटा प्रदेशमा प्रदेश संघ गठन गर्ने क्रममा कर्णाली प्रदेशमा पनि गठन गरिएको हो । विश्वब्यापी सङ्कट कोरोना भाईरसले निम्त्याएको बेरोजगारी समस्याको अन्त्य गर्न एक मात्र बिकल्प ब्यबसायिक तालिम मार्फत रोजगारी सृजना गर्नु भएकाले संघले यो विषयमा सम्बन्धित निकायसङ निरन्तर समन्वय एबम सहकार्य गरि काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मितिः     6:47:18 PM  |