कुन विकास बैंकको नाफा कति ? हेर्नुहोस्


काठमाडौं । कोरोना भाइरसको महामारीको असर वाणिज्यको जस्तै विकास बैंकहरुमा पनि देखिएको छ । गत आर्थिक वर्ष ०७६र०७७ मा विकास बैंकहरुको नाफा खुम्चिएको छ ।

कर्जा लगानी बढाउन र असुली गर्न नसकेपछि समग्र विकास बैंकहरुको नाफा २२ प्रतिशत घटेको हो । ब्याजदरमा छुट तथा कर्जाको पुनरतालिकीकरण र पुनरसंरचना गर्नुपर्दा बैंकहरुको नाफा घटेको हो । चैत ११ गतेपछि विकास बैंकहरुले व्यवसाय विस्तार गर्न पाएनन् ।

गत आर्थिक वर्षमा विकास बैंकहरुले ३ अर्ब ७८ करोड ९१ लाख रुपैयाँ खुदनाफा गरेका छन् । अघिल्लो आर्थिक वर्षमाविकास बैंकहरुको खुदनाफा ४ अर्ब ८५ करोड ३५ लाख रुपैयाँ थियो ।

अघिल्लो आवको तुलनामा गत आवमा नाफा २१.९३ प्रतिशत कम हो । कर्जाको माग नभएको र अहिले पनि यही अवस्था जारी रहेकाले चालु आर्थिक वर्षमा नाफ अझै घट्ने संभावना देखिएको छ ।

हाल सञ्चालनमा रहेका २० विकासमध्ये आधा दर्जनको मात्र नाफा बढेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।१५ विकास बैंकको नाफा घटेको छ ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक र तिनाउ मिसन डेभलपमेन्ट बैंकले नाफा बढाएका छन ।

यस्तै मुक्तिनाथ, गरिमा, महालक्ष्मी, ज्योति, लुम्बिनी साँग्रिला,कञ्चन, कामना सेवा, सप्तकोसी, सिन्धु, साहरा, कर्णाली, कर्पोरेट र साल्पा ििवकास बैंकको नाफामा गिरावट आएको छ ।

गत आवमा सबैभन्दा धेरै नाफा गर्नेमा मुक्तिनाथ विकास बैंक रहेको छ । बैंकले गत आवमा ६५ करोड रुपैयाँ खुद नाफा गरेको छ ।

बैंकको नाफा अघिल्लो आवको तुलनामा भने १५ करोड ७० लाख रुपैयाँले थोरै हो । सालपा डेभलपमेन्ट बैंक भने गत आवमा १ करोड ४५ लाख ९० हजार रुपैयाँ नोक्सानीमा छ ।

प्रकाशित मितिः     १३ भाद्र २०७७, शनिबार २०:५८  |