नेपालगन्ज १४ भदौ : सल्यानको निगालचुला सुर्खेतको गुर्भाकोट नगरपालिकासंग सडक सन्जालबाट जोडिएको छ ।
सुर्खेत क्षेत्र नं. १ का संघीय सांसद ध्रुबकुमार शाहीको पहल एवं निर्वाचन क्षेत्र विकास कोषको आर्थिक सहयोगमा सडक निर्माण भएपछि चौरमा सडक पुगेको हो ।
हालै चौर पुगेका सांसद शाहीलाई स्थानीय स्वागत गरे । गुर्भाकोट नगरपालिका वडा नं ३ को धारपानी, टिमुरे, हिले हुँदै निगालचुला चौरमा सडक पुगेको हो ।
करिव एक करोड हाराहारीमा २० किमि सडकको ट्रयाक खोल्ने काम भएको छ ।
उक्त क्षेत्रबाट प्रदेश राजधानी सुर्खेत जान सजिलो र छोटो हुने जनाएको छ । प्रतिनीधि सभा सदस्य सांसद शाहीले स्थानीयहरुसहित सडकको अनुगमन गरे ।
निगालचुला चौरमा पुगेर सडकको स्तरोनतिको लागि पुनः वजेट विनियोजन गर्ने बाचा गरे । सडक अनुगमनकै लागि संसद शाही आफ्नो क्षेत्र हुदै निगालचुला पुगे ।
साथै निगालचुलामा वडा अध्यक्ष गोविन्द डाँगी लगायतका स्थानीयले स्वागत गरेका थिए ।
नेकपा जिल्ला कमिटी सुर्खेतका शान्तबहादुर बुढा, नरबहादुर डाँगी, जिल्ला कमिटी सदस्य सल्यानका दिपक यरि लगायतका नेताहरुको उपस्थिति रहेको थियोे ।
सांसद शाहीलाई निगाचुला चौरवासीले सडक स्तरोन्नती गरिदिन माग गरेका छन् । सल्यानको दुर्गम बस्ती निगालचुला र सुर्खेत गुर्भाकोट नगरपालिकाको वडा नं ३ हिले, टिमुरे र धारापानी लगायतका विकट बस्तीहरुमा शाहीको विशेष पहलमा उक्त बस्तीहरु सडक सञ्जालले जोडिएका छन् ।