हिमाल आरोहण गर्न बहराइनका राजकुमार नेपाल आउदै


काठमाडौं । लोबुचे र मनास्लु हिमाल आरोहण गर्न बहराइनका राजकुमार हसन बिन राशिद अल खलीफा नेपाल आउने भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले १५ सेप्टेम्बर २०२० पछि बहराइनका राजकुमारसहित १५ बहराइनी र तीन ब्रिटिश नागरिकलाई चार्टर फ्लाइटबाट नेपाल आउने अनुमति दिएको सुचना तथा सञ्चारमन्त्री डा।युवराज खतिवडाले जानकारी दिए ।

नेपाल आउदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड भने पालना गर्नुपर्ने छ ।

प्रकाशित मितिः     १५ भाद्र २०७७, सोमबार १९:४१  |