कोरोनाले भारतीय अर्थतन्त्र खराब अवस्थामा


नयाँदिल्ली। कोरोना संक्रमणका कारण भारतीय अर्थतन्त्र गम्भिर संकटमा परेको छ। दोस्रो त्रैमास९अप्रिलदेखि जुन०मा भारतको कुल गार्हस्थ उत्पादन(जीडीपी) २३ दशमलब ९ प्रतिशतले घटेको छ।

भारतको राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको विवरणमा त्यस अवधिमा उपभोग्य मागमा कमी आउनुका साथै निजी लगानी समेत खुम्चिएको उल्लेख छ। कोरोना संक्रमण नियन्त्रणका लागि भारतले देशब्यापी लकडाउन गरेका कारण आर्थिक गतिविधि खुम्चियो। अहिले पनि भारतका विभिन्न राज्यमा कोरोना नियन्त्रणका लागि लकडाउन लगाइरहेका छन्।

लकडाउनका कारण आर्थिक गतिविधि खुम्चिएर भारतीय अर्थतन्त्रमा ठूलो प्रभाव परेको हो। कृषि वाहेकका अरु सबै क्षेत्रमा गिरावट आएको छ।
कार्यालयका अनुसार व्यापार, होटल, यातायात र संचार क्षेत्रमा ४७ प्रतिशत गिरावट आएको तथा औद्योगिक उत्पादनमा करिब ३९।३ प्रतिशतले गिरावट आएको छ। निर्माण क्षेत्रमा ५०।३ प्रतिशतले घटेको छ भने खनिज उत्खनन २३।३ प्रतिशतमा सीमित भएको छ।

विद्युत र ग्यास उत्पादन ७ प्रतिशतले घटेको छ। तर अनुकूल मौसमी परिस्थितिका कारण कृषि उत्पादन ३।४ प्रतिशतले वृद्धि भएको तथ्यांकमा उल्लेख छ। भारत सरकार र भारतीय केन्द्रीय बैंकले अर्थतन्त्रलाई चलायमान बनाउन अर्बौं डलरको राहत प्याकेज, सुधार र व्याजदर कटौती गरेका छन्।

‘अर्थतन्त्र चौपट भयो’
भारतका पूर्व अर्थमन्त्री एवं कांग्रेस आइका नेता पी चिदम्बरमले मोदी सरकार कोरोना नियन्त्रणमा असफल भएको बताउँदै जीडीपी समेत खराब हिसाबले ओरालो लागेको बताएका छन्।

उनले मोदी सरकार जीडीपीमा आएको गिरावटमा चिन्तित नरहेको समेत आरोप लगाए। ‘हामी सबैले सरकारलाई अर्थतन्त्रका बारेमा चेतावनी दिएका थियौं। तीन दिन अघि मात्रै रिजर्भ बैंक अफ इन्डिया९आरबीआई०ले समेत आफ्नो रिर्पोटमार्फत संकेत दिएको थियो।’

चिदम्बरमका अनुसार प्रधानमन्त्री र अर्थमन्त्री सबैलाई भारतको अर्थतन्त्र गम्भिर संकट गएको जानकारी थियो। ‘अहिले गरीब निराश छन्। सबैले यसको मूल्य चुकाइरहेका छन्। तर सरकारमा बस्नेलाई कुनै चिन्ता छैन,’ उनले भने। चिदम्बरमले कृषि क्षेत्र मात्रै ३ दशमलब ४ प्रतिशतले वृद्धि भएको बताए। उनले कृषिसँग सरकारको धेरै ठूलो लेनदेनको सम्वन्ध नभएको बताउँदै सौभाग्यवस कृषि किसानको हातमा रहेको र भगवानको आर्शिवादले राम्रै रहेको धारणा समेत राखे।


उनले आरबीआईले सन् २००८को मन्दी भन्दा पनि गम्भिर अवस्था आउने प्रतिवेदनमा सहमति जनाए। ‘केन्द्रीय बैंकबाट आएको रिर्पोट ठीक छ। तर यो ढिला आयो। यो अवस्थाका बारेमा कोरोना महामारी अघिनै जानकार थियौं,’ उनले भने, ‘लकडाउन लगाएको तीन महिनादेखि लगातार हामीले अर्थतन्त्र खराब अवस्थामा जाने जानकारी दिएका थियौ।’

चिदम्बरमले माग र उपभोगमा ठूलो झट्का लाग्ने जानकारी दिएको बताउँदै माग बढाउनेतर्फ ध्यान दिन सुझाब दिएको समेत बताए। ‘हामीले माग र उपभोगको कुरा मात्रै गरेका थिएनौं। गरीबलाई नगद पैसा दिने विषय पनि उठाएका थियौं,’ उनले भने।

‘तत्काल अर्थतन्त्र सुधार हुँदैन्’चिदम्बरमले तत्कालै अर्थतन्त्रमा सुधारको संकेत नदेखेको बताए। उनले केन्द्रीय बैंकले समेत अर्थतन्त्र सुधारका लागि लामो समय लाग्ने बताइसकेको छ।

‘मलाई अर्थतन्त्र सकारात्मक हुन केही महिना लाग्नेछ। तर सरकारको कदम कस्तो हुन्छ त्यसमा निर्भर रहन्छ,’ चिदम्बरमले भने, ‘यदि गलत कदम उठायो भने धेरै लामो समय लाग्न सक्छ।’

उनले कोरोना महामारीबाट अर्थतन्त्रलाई जोगाउने उपायका बारेमा पनि केही सुझाब दिएका छन्। उनले कोरोना महामारीबाट कोही पनि अछुत रहन नसक्ने बताउँदै तर अर्थतन्त्रलाई सुधारको बाटो लैजान केही काम गर्नुपर्ने बताउँछन्।

उनले महामारी नियन्त्रणलाई प्रभावकारी बनाउँदै महामारीको प्रभावलाई न्यूनीकरण गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने बताए। ‘केही चिज सरकारको नियन्त्रण वाहिर रहेको कुरा म पनि मान्छु। तर महामारी नियन्त्रणका लागि सरकारले बलियो कदम उठाउनुपर्ने थियो,’ उनले भने, ‘सरकारले आफुसँग भएको सबै उपाय अबलम्बन गर्नुपर्थ्यो। तर सरकारले गरेको छैन्। मोदी सरकार आफूले गरिरहेको गल्तीको कुनै लज्जाबोध समेत गर्दैन्।’

प्रकाशित मितिः     8:15:25 PM  |