
नेपालगन्ज १६ भदौ : नेपालगन्ज–२० मनिकापुर(राँझा)मा ट्रकले विद्युतको तार चुडाएपछि अधिकांस ठाउँमा अन्धकार भएको छ । मंगलवार सातबजेतिर मालबहाक ट्रकले तार चुडाएको स्थानीय अगुवा कृष्ण मधुवनले जानकारी दिए ।
चार चुडिएपछि नजिकैको ट्रान्फरमरमा समेत समस्या भएको स्थानीयको भनाई छ ।
उक्त घटनापछि अधिकास राँझाक्षेत्रको विद्युत सेवा अवरुद्ध भएको छ ।


एकातिर चर्को गर्मी छ भने अर्को तर्फ विद्युत नहुँदा स्थानीयलाई रातभर जाग्राम बस्नुपर्ने बाध्यता आइलागेको छ । तर यता विद्युतले भने स्थानीयबासिन्दालाई अब भोसल बिहाननै विद्युतको काम हुने बताएका छन् ।
विद्युतका कर्मचारीको भनाई उद्धित गर्दै स्थानीयले भने,–‘भोलि निवेदन लिएर आएपछि काम गर्छौै ।’ अर्थपेजसंगको कुराकानीमा पनि विद्युतका कर्मचारीले निवेदन आए बिहानै काम गरिदिने बताएका छन् ।
विद्युत नबन्दा स्थानीयले रात कष्टकर तरिकाले काट्नुपर्ने छ ।

