एसइइका विद्यार्थीलाई एनसेनको अफर : एक रुपैयाँमा प्रिपेड सीम, निःशुल्क माइ फाइभ सेवार बोनस डेटा


काठमाडौं। एनसेल आजियाटाले एसइइका विद्यार्थीका लागि विशेष योजना ल्याएको छ। योजना अनुसार विद्यार्थीले एक रुपैयाँमा प्रिपेड सीम खरीदका साथै निःशुल्क माइ फाइभ सेवा र बोनस डेटाको फाइदा पाउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। योजना विहीबारदेखि कार्यान्वयनमा आएको हो।

सीम लिन एसइइ परीक्षा प्रवेश पत्र, नागरिकता वा आफ्नो आमावाबाबुको नागरिकताको फोटोकपी र एक प्रति फोटो आवश्यक पर्ने कम्पनीले जनायो। सीम लिएपछि निःशुल्क माइफाइभ सेवाका लागि आफुलाई सधै सम्पर्कमा रहने पाँच वटा एनसेल सीम समुहमा सेट गर्न सकिन्छ।
कम्पनीका अनुसार नम्बरहरु माइफाइभ समुहमा राखेपछि विद्यार्थीहरुले पहिलो ३० दिन सम्म ती नम्बरहरुमा निःशुल्क कुराकानी गर्न सक्छन् । ३० दिनपछि पनि ती नम्बरहरुमा मात्र ९९ पैसा प्रतिमिनेटमा बाँकी ११ महिनासम्म कुराकानी गर्न सक्ने कम्पनीको दाबी छ।

विद्यार्थीहरुले एस्ट्रिक्स ५५४४ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार माइफाइभ समुहमा राख्न सक्छन् । माइफाइभ सेवाको समुहमा ५ वटा नम्बर राखि सकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमाप्रत्येक परिवर्तनको कर बाहेक पाँच रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ ।


पहिलो सीम सुचारु गरेपछि पहिलो दिनको मध्यरात सम्ममा सय रुपैयाँ वा सो भन्दामाथिको रिचार्जमा ग्राहकले ३० दिन सम्म हरेक दिन एक सय एमबी डेटा बोनसको रुपमा पाउने कम्पनीले जनायो।

कम्पनीका अनुसार सीमको मेन ब्यालेन्सबाट गरिएको हरेक सय रुपैयाँ बराबरको खर्चमा ग्राहकले तीनदिनको समयसीमा रहेको तीन सय एमबी ९१०० एमबीअल नेटवर्क र २०० एमबी फोरजी डेटा० बोनस डेटा प्राप्त गर्ने कम्पनीले जनायो। पहिलो सीमअन्तर्गतको यो ब्यालेन्स खर्चमा बोनस सुविधा १२ महिनाको रहने कम्पनीको दाबी छ।

प्रकाशित मितिः     १९ भाद्र २०७७, शुक्रबार २१:३३  |
error: Content is protected !!