कोरोनाको हटस्पट बन्यो बाँसगढीस्थित चौधरी समूहको सिजी फुड्स


नेपालगन्ज २१ भदौ :  चौधरी ग्रुपद्धारा बर्दियाको बाँसगढीमा संचालित चाउचाउ उद्योगका कर्मचारीमा कोरोना संक्रमण फैलिएको छ । आईतबार भेरी अस्पताल नेपालगन्जमा गरीएको परिक्षणमा उद्योगका ४२ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।


यसअघि २ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि उक्त उद्योग सिल गरीएको थियो । कम्पनी सिल गरी सबै कर्मचारीको कोरोना परिक्षण गर्ने क्रममा ४२ जनामा संक्रमण पुष्टि भएको हो । त्यहाँ तीन सय जति कर्मचारी कार्यरत रहेका छन् ।

प्रकाशित मितिः     4:49:06 PM  |