एकैदिन खजुरामा १९ सहित बाँकेमा ३८ जना संक्रमित थपिए


बाँकेमा आईतबार अहिलेसम्मकै बढि सँख्यामा कोरोना संक्रमित भेटिएका छन । भेरी अस्पताल नेपालगन्जको ल्यावमा गरीएको परिक्षणमा बाँकेको खजुरा, नेपालगन्ज, कोहलपुर लगाएत अन्य जिल्लाबाट कामको सिलसिलामा बाँके आएर बसीरहेका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आईतबारको रिपोर्ट अनुसार सबैभन्दा बढि खजुरा गाँउपालिकामा संक्रमण देखिएको छ । खजुरामा मात्रै १९ जना नयाँ संक्रमित थपिएका छन । त्यसैगरी जिल्ला प्रहरी कार्यालय बाँकेका ११ जना, नेपालगन्जका २ जना, कोहलपुरका ३ जना र अन्य जिल्लाबाट आएर बाँकेमा बसीरहेका ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कर्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

आईतबार थपिएका नयाँ संक्रमितसँगै बाँकेमा कोरोना संक्रमण पुष्टि भएका ब्यक्तिहरुको सँख्या १ हजार २४८ पुगेको छ ।

प्रकाशित मितिः     २१ भाद्र २०७७, आईतवार १७:१८  |