भेरीको कोभिड बिशेष अस्पताललाई संग्रिला बैंकको रु ३ लाख सहयोग


सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत नेपालगन्ज स्थित भेरी अञ्चल अस्पताललाई रु ३ लाखको चेक हस्तान्तरण गरिएको छ । उक्त सहयोगले भेरी अञ्चल अस्पताललाइ ७२ शैयाको कोभीड अस्पताल बनाउन सहयोग पुग्ने साथै कोभीड लक्षण देखिएका बिरामीहरुको उपचारमा सहयोग पुग्नेछ ।

उक्त अस्पतालको उद्घाटन कार्यक्रममा बैंकको तर्फबाट सांग्रिला डेभलपमेन्ट बैंक नेपालगन्जका कलस्टर प्रमुख जयन्द्र खडकाले भेरी अञ्चल अस्पतालका प्रमुख श्याम सुन्दर यादवलाई चेक हस्तान्त्तरण गरे ।


उक्त उदघाटन कार्यक्रममा प्रदेश. ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बराल तथा भेरी अञ्चल अस्पताल बिकास समितिका अध्यक्ष प्रमोद धितालको उपस्थिती रहेको थियो ।

यसरी बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ९१ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मितिः     8:28:47 PM  |